Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज रक्तसञ्चार दिवस मनाइदैँ


१२, साउन २०८०
  • 99
    SHARES
  • आज रक्तसञ्चार दिवस मनाइदैँ

    काठमाडौँ ।  देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ । 

    विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन् । केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा  रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

    यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । केन्द्रको गत वर्षको तथ्याङ्कानुसार नेपालमा वर्षीक चार लाख ५० हजार युनिट रगत आवश्यक पर्छ । मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने निर्देशक पौडेलले जानकारी दिनुभयो । 

    ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा’ नाराका साथ केन्द्रले सेवा उपलब्ध गराउँदै आएको छ । अहिले देशभर एक सय १९ रक्तसञ्चार केन्द्र छन् । त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै पाँच प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा  जिल्लास्तरीय रक्तसञ्चार सेवा छन् ।

    केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक पौडेलका अनुसार रगतसँगै रक्ततत्वको बढ्दो मागसँगै रक्तदाताको सङ्ख्या बढाउन, रगत परीक्षणमा नयाँ प्रविधिको प्रयोग गर्न, रक्त सेवा शुल्कको एकरुपता, रक्तसञ्चार केन्द्रको आर्थिक सवलीकरण र दीर्घकालीन सेवा प्रवाह चुनौतीको रूपमा रहेका  छन् । यस्तै रगतको चिकित्साजन्य प्रयोग चुनौतीका रूपमा रहेको छ । नियमितरूपमा रक्तदाताको सङ्ख्या बढाउन साझेदार निकायले आह्वान गर्दै आएका छन् । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend