देउखुरी । लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा मगरले रोल्पामा स्वास्थ्यको अवस्था निकै दयनीय रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाको शुक्रवार बसेको बैठकमा बोल्दै सांसद मगरले स्वास्थ्य र शिक्षाको अवस्थामा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी अभावका कारण जनताहरुले सास्ती भोग्नु परेको बताउदै स्वास्थ्यचौकीमा औषधी समेत नभएको बताउनुभयो । सांसद बुढा मगरले औषधी अभावका कारण अकालमै मृत्यु भएको बताउदै प्रदेश सरकारलाई तत्काल समस्या समाधानको लागी अनुरोध गर्नुभयो ।