देउखुरी । लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर प्रसाद चौधरीले शिकलसेलको उपचारका लागी बर्दियामा अस्पताल निर्माण गर्न माग गर्नुभयो । लुम्बिनी प्रदेशसभाको शुक्रवार बसेको बैठकमा बोल्दै सांसद चौधरीले क्यान्सरका लागी विपि मेमोरियल अस्पताल भए जस्तै बर्दियामा पनि शिकलसेलको उपचारका लागी अस्पताल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले उनीहरुको उचित मुल्यांकन गर्नुपर्ने समेत बताउनुभयो । उहाँले विकास र सम्वृद्धिका लागी दलीय आस्था माथि उठेर सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सांसद चौधरीले कर्मचारी र जनप्रतिनिधि एकजुट भए मात्रै विकास र सम्वृद्धि सम्भव हुने दाबी गर्नुभयो ।