Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाँदर आतंक कहिलेसम्म ?


इ खबर
१३, साउन २०८०
  • 694
    SHARES
  • बाँदर आतंक कहिलेसम्म ?

    अर्घाखाँचीमा बाँदर, बँदेल तथा बिभिन्न जंगली जनावरहरुले बालि सखाप पार्न थालेपछि किसानहरु चिन्तित‍ भएका छन् । यो समय अधिकांस कृषकहरुको बारीमा मकै छन् । कुनै कामले कृषकलाई भेटनु परे घर भेटिदैनन कृषकहरु, बारी तथा जंगल गएका हुन्छन बादर धपाउन् । यो सास्ती कृषकलागी कुनै नौलो होईन । बिहानदेखि बेलुकासम्म बारीमा बसी बादरबाट मकै जोगाउनु एउटा चुनौती हो भने रातको समय बँदेल तथा दुम्सीबाट मकै जोगाउन मुस्कील छ । न दिनमा भोक न रातमा निन्द्रा किसानका पिडा कस्ले हेर्दिने ?

    मकैको बोटमा घोगा लागेदेखि नै स्याहार्नेबेलासम्म सबै काम छाडेर बाँदर, बँदेल तथा जंगली जनावर धपाउन लागिपरेका हुन्छन् ।यसो त यो समस्या अर्घाखाँची जिल्लाकको मात्र नभएर देशका अधिकांस जिल्लाहरु कै हो । दिउसोमा बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ भने रातमा बँदेल र दुम्सीले । बादरको आतंक यति सम्म छ कि खेतबारीमा फल्दै गरेका बाली मात्र होइन मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गरिदिन्छ । अरुबेला त्यति दुःख नदिने बाँदरले मकै पाक्ने याममा निक्कै सताउने गरेको छ । बाँदर आतंककै कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् ।

    ६ वटा स्थानीय तहहरु रहेको अर्घाखाँचीमा जिल्लाका अधिकांस स्थानहरुमा बादर, बँदेल तथा दुम्सीले कृषकलाई निकै सास्ती दिएको छ । बाँदरबाट बाली जोगाउन गाउँभरीका मानिसहरु मिलेर मानव सांङ्लो नै बनाएर बसेका हुन्छन त कतै बिभिन्न खालका उच्च ध्वनी आउने समाग्री बजाएर बाली बाली कुरेर बस्ने गर्छन् । आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । खाना र खाजा खाने समय समेत पाउँदैन किसानहरु।

    यसो त बादर नियन्त्रणका लागि स्थानीय तहहरुले प्रयास नै नगरेका भने होईनन तर प्रभावकारीता देखीएन । किसानहरुलाई बादर धपाउने यन्त्र गन वितरण, बादर छोप्ने मानीस परिचालन लगायतका उपायहरु स्थानीय तहले अपनाएको भएपनि कुनै काम लागेन । यता प्रतिनिधिसभामा समेत बादर नियन्त्रणका लागि चिनलाई बादर बेच्नेसम्मका कुरा भए तर कुरा मै सिमित भए । त्यस्तै बादर आतंककै कारण मानीसहरु खेतबारी बाँझैराखी बसाईसराई गर्ने गरेका छन् भने बादर धपाउने क्रममा लडेर घाईते हुने तथा मृत्यु हुनेसम्मका घटना समेत भएका छन् । साउन १२ गते बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा अर्घाखाँचीका सांसद रामजी प्रसाद घिमिरेले बादर आतंक रोक्नका लागि आवश्यक पहल गर्न अनुरोध गरे । तर सबैले यस बिषयमा चासो देखाए जस्तो गरेपनि कोहीपनि जिम्मेवमर नभएको देखिन्छ, बोलीमा मात्र सिमित गरीएको छ । राजनीतिको लागि हतियार मात्र बनाईएको छ ।

    अजै बादर धपाउने क्रममा लडेर तथा बाँदरको आक्रमणबाट कति घाईते भएको खबर सुन्नुपर्ने हो? कति जनाको मृत्यु भएको खबर सुन्नुपर्ने हो ? कति जग्गा बाझै राख्नुपर्ने हो ? कति बसाईसराई हुनुपर्ने हो ? सरोकारवाला निकाय कहिले जिम्मेवार हुने हो ?

    कृषि प्रधान देश भनिन्छ, कृषिलाई नै मुख्य आधार मानेर नीति कार्यक्रम तथा बजेट ल्याईन्छ तर कार्यान्वन भने फितलो हुने गरेको छ । बाँदर नियन्त्रण नहुँदा किसान निरुत्साहित हुँदै गएकाले पहिला बाँदरबाट कृषि जोगाउन विशेष पहल भएपछि बल्ल अरु योजनामा बहस उपयुक्त हुने छ । बाँदर नियन्त्रणको लागि अहिलेसम्म अपनाएका सबै उपाय दीगो नभएकोले कुनै ठोस कदम चनल्नु पर्छ यस तर्फ जिम्मेवार निकायको यथासिग्र ध्यान जहोस् ……


  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend