Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन:प्रवक्ता महत


२, जेठ २०८०
  • 103
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन:प्रवक्ता महत

    काठमाण्डौँ । अर्थमन्त्री एवम् नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका छन्। महतले काँग्रेसको पछिल्लो गतिविधिका बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनममार्फत् जस्तो बताएका हुन्।

    शरणार्थी प्रकरणमा गठबन्धनकै नेता पनि पक्राउ परेको विषय जोड्दै पत्रकारले राखेको प्रश्नमा जवाफ दिँदै उनले य‍सले सत्ता समीकरणमा खासै फेरबदल नहुने बताए। अनुसन्धान भइरहेको छ। सत्यतथ्य बाहिर आउँछ। तर, यस विषयले सरकार ढल्दैन’, प्रवक्ता महतले भने।

    उनले नक्कली शरणार्थीका नाममा भएको ठगीको हकमा कोही निर्दोष नफसून् र कोही दोषी नउम्किउन् भन्ने पक्षमा काँग्रेस रहेको पनि बताए। साथै, उनले शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् कांग्रेसका नेता बालकृष्ण खाण र एमाले नेता टोपबहादुर रायमाझीको मुद्दा फरक भएको जिकिरसमेत गरे। नक्कली भुटानी सरणार्थी प्रकरणमा अनुसन्धान जारी भएको बताउँदै उनले अनुसन्धानबाट निष्कर्ष आएपछि खाणलाई पार्टीमा कारबाही गर्ने र नगर्ने कांग्रेसले निर्णय गर्ने उनको भनाइ छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend