Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गएको भदौ २३ र २४ को प्रदर्शनमा घाइते भएका दुई सय जनाको वर्गीकरण


५, फागुन २०८२
  • 77
    SHARES
  • गएको भदौ २३ र २४ को प्रदर्शनमा घाइते भएका दुई सय जनाको वर्गीकरण

    काठमाण्डौ – गएको भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिलेसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको छ ।

    गएको कात्तिक र मङ्सिर एक सय ८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको उहाँले जानकारी दिनुभयो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नव युवाको पछिल्लो प्रदर्शनकाक्रममा घाइते भएको विवरण पठाउनुपर्ने थियो ।

    त्यसका लागि पटकपटक सूचना जारी गर्दा पनि थप घाइते सम्पर्कमा नआएका जानकारी गराएका मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताउनुभयो । उहाँले थप सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण सङ्कलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने जानकारी दिनुभयो ।

    प्रर्दशनका क्रममा विवरणभन्दा धेरै जना घाइते भए पनि सामान्य घाइतेलाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएका हुनसक्ने उहाँले बताउनुभयो । नवयुवाको प्रदर्शनका क्रममा दुई हजार ५ सय ९९ जना घाइते भएका मन्त्रालयको तथ्याङ्क छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend