Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वेबसाइट दुरूपयोग गरी खोप प्रमाणीकरण गर्नेलाई कारबाही गर्छौ : स्वास्थ्य मन्त्रालय


१४, साउन २०८०
  • 171
    SHARES
  • वेबसाइट दुरूपयोग गरी  खोप प्रमाणीकरण गर्नेलाई कारबाही गर्छौ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा मन्त्रालयको वेबसाइट अनधिकृतरूपमा दुरूपयोग गरी कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ । 

    अनधिकृत रूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाई खोप लगाएको कार्डको प्रमाणीकरण गरी क्युआर कोड बनाएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भन्नुभयो, “मन्त्रालयको वेबसाइटसँग मिल्दोजुल्दा वेबसाइट बनाई खोप प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ, हामीले त्यसरी खोप प्रमाणीकरण बनाएको खोजी गरिरहेका छौँ ।”   

    मन्त्रालयको वेबसाइट दुरूपयोग गरी विदेश जाने मानिसलाई क्युआर कोड बनाई ठगी भइरहेको विभिन्न माध्यमबाट मन्त्रालयमा जानकारी आएको भन्दै सम्बन्धित पक्षलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिइएको उहाँको भनाइ छ । 

    उहाँले सरकारले नेपालमा यात्रा गर्न कोभिड–१९ पिसिआर परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणसम्बन्धी अनिवार्य व्यवस्था हटाइसकेको जानकारी दिनुभयो । यस्तै विदेश यात्रा गर्नका लागि पनि कतिपय देशले क्युआर कोड हटाइसकेको उहाँले बताउनुभयो । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend