Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अछाम, सुर्खेत, अर्घाखाँचीसहित पश्चिमका विभिन्न जिल्लामा पानी पर्‍याे


१, चैत २०८२
  • 107
    SHARES
  • अछाम, सुर्खेत, अर्घाखाँचीसहित पश्चिमका विभिन्न जिल्लामा पानी पर्‍याे

    काठमाण्डाै – पानी पार्ने प्रणाली पश्चिमतिर पनि विस्तार भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन/चार दिन गण्डकीबाट पूर्व कोशीसम्म विभिन्न ठाउँमा पानी पर्दै आएकोमा आजदेखि पश्चिम नेपालतर्फ पनि पानी पार्ने प्रणाली विस्तार भएको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आज बिहान पानी परेको छ । बिहान सुर्खेत, अछाम, डोटी, डडेलधुरा, गुल्मी, अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पालगायतका जिल्लामा पानी परेको छ ।

    अछाममा पछिल्लो एक घण्टामा ५ मिलिमिटर वर्षा मापन भएको छ, त्यस्तै अर्घाखाँचीमा पछिल्लो तीन घण्टामा ४ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।

    पश्चिम क्षेत्रमा अबको तीन दिनसम्म नै मौसम बदली र कतैकतै पानी पर्ने सम्भावना छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    मौसमविद् रोजन लामिछानेका अनुसार दिउँसोपख हावाहुरी, चट्याङ र असिना पानीसहित कतैकतै ठूलो पानी पर्ने सम्भावना छ । आज दिउँसाेपख काठमाण्डाै उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।

    हिजो पनि देशका केही ठाउँमा मध्यमसम्मको वर्षा र कतैकतै असिना पनि परेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend