Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘हामी तीन भाइ’को ट्रेलरमा अंशबन्डाको कारण हुने खटपटको कथा


३, चैत २०८२
  • 79
    SHARES
  • ‘हामी तीन भाइ’को ट्रेलरमा अंशबन्डाको कारण हुने खटपटको कथा

    काठमाडौं । मधुुसुधन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा तीन दाजुभाइको खटपटको वरिपरि कथा घुमेको छ। 

    एउटा गाउँका तीन दाजुभाइ विनोद न्यौपाने, कुशल विष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरूका बुवाआमाले तीन भाइ कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन्। बुवाआमाको भनाईलाई आत्मसाथ गर्दै अगाडि बढेका तीनै भाइ खेतबारी बारीमा होस् या कुनै काम। मिलेर गर्छन्। दाइले नकुटेको दिन किन आफूलाई दाइले कुटेनन् भनेर पनि गुनासो गर्छ।

    जब विनोदका भाइ कुशल र फलितले बिहे गर्छन् त्यसपछि उनीहरूको सम्बन्धमा दरार आउँछ। भाइहरू छुट्टिनका लागि अंश माग्न थाल्छन्। जब अंशको कुरा सुरु हुन्छ त्यसपछि तीन दाजुभाइबीचको सम्बन्धमा चिसोपना आउँछ।

    ट्रेलरमा फिल्मका मुख्य कलाकार अटाएका छन्। फिल्मलाई निर्देशक भट्टराईले कमेडी जनरामा मार्मिक कथा भन्न खोजेका छन्।

    फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाई, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी लगायतको अभिनय छ। साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्।

    शिव ढकालले खिचेको फिल्मलाई बनिश शाहले सम्पादन गरेका हुन्। यो फिल्म चैत १३ गतेबाट प्रदर्शनमा आउँदै छ। 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend