Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुपन्देहीको चलचित्र पत्रकारितामा भण्डारी अध्यक्षमा नयाँ कार्य समिती निर्वाचित


४, चैत २०८२
  • 150
    SHARES
  • रुपन्देहीको चलचित्र पत्रकारितामा भण्डारी अध्यक्षमा नयाँ कार्य समिती निर्वाचित

    बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको सातौँ साधारणसभा तथा चौथो अधिवेशन बुटवलमा सम्पन्न हुँदै कृष्ण भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

    आगामी तीन वर्षका लागि चयन गरिएको नयाँ नेतृत्वले संघलाई थप क्रियाशील र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा मनोज क्षत्री चयन भएका छन्।

    1de619dd-c94b-44a8-b405-1fc2c21d4f2b.jpg

    सदस्यहरूमा रमेश पराजुली, हरिलाल बश्याल, यमुना जिसी, कल्पना घिमिरे, सारदा शाही, सुदीप गौतम, निर्मल थापा र सागर भण्डारी रहेका छन्।

    अधिवेशनको उद्घाटन गर्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले संघलाई सिर्जनात्मक र बहुआयामिक गतिविधिमा केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए।

    उनले चलचित्रसँगै मनोरञ्जन, कला, साहित्य र रंगमञ्चका विषयमा समेत सक्रिय पत्रकारिता गर्न आग्रह गरे। नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष विश्वास ढकालले चलचित्रले समाजलाई दिशा दिने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै जिम्मेवार चलचित्र पत्रकारिताको आवश्यकता औंल्याए।

    सल्लाहकार मनिष पन्थले सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धनमा चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए। कार्यक्रममा संस्थापक अध्यक्ष सुमन श्रेष्ठले चलचित्र पत्रकारिताको स्तर विस्तार गर्नुपर्नेमा जोड दिँदै रुपन्देहीमा फिल्म निर्माण र छायांकनका लागि पूर्वाधार विकास आवश्यक रहेको धारणा राखे।

    प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले पनि जिम्मेवार पत्रकारिताको महत्व औंल्याए। निवर्तमान अध्यक्ष मोहन न्यौपानेले आफ्नो कार्यकालका गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राजिव भुसालले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

    कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरिएको थियो। नवनिर्वाचित अध्यक्ष कृष्ण भण्डारीले संघलाई थप सशक्त, क्रियाशील र आर्थिक रूपमा सक्षम बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend