Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालमा ईद शनिबार मनाइने: सार्वजनिक बिदाबारे अन्यौल अन्त्य


६, चैत २०८२
  • 233
    SHARES
  • नेपालमा ईद शनिबार मनाइने: सार्वजनिक बिदाबारे अन्यौल अन्त्य

    कपिलवस्तु l नेपालमा यस वर्ष मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व ईद उल–फित्र शनिबार (चैत ७) मनाइने भएको छ ।

    मुस्लिम आयोगले बिहीबार साँझ शवाल महिनाको चन्द्रमा नदेखिएको पुष्टि गर्दै ईदको मिति शनिबारका लागि तय गरेको हो ।

    आयोगका कार्यबाहक अध्यक्ष महम्मदीन अलीका अनुसार बिहीबार चन्द्रमा नदेखिएकाले नेपालमा ईद शनिबार नै पर्ने निश्चित भएको हो । उनले सार्वजनिक बिदासम्बन्धी कुनै अन्यौल नराख्न आग्रह गर्दै शनिबार नै पर्व परेकाले सरकारसमक्ष छुट्टै सार्वजनिक बिदा प्रस्ताव नगर्ने स्पष्ट पारे ।

    यता, खाडी राष्ट्रहरूमा भने यस वर्ष ईद शुक्रबार मनाइने भएको छ । साउदी अरेबियाको सर्वोच्च अदालतले बुधबार चन्द्रमा नदेखिएको घोषणा गर्दै ३० दिनको रोजा पूरा भएपछि शुक्रबार ईद मनाइने जनाएको छ ।

    दुबई, कतार, टर्की, बहराइन र कुवेत लगायतका देशहरूले पनि शुक्रबार नै ईद मनाउने तयारी गरेका छन् । इस्लामिक पात्रो चन्द्रमासमा आधारित हुने भएकाले चन्द्रमा देखिएको आधारमा नयाँ महिना सुरु हुन्छ ।

    यही कारण विश्वभर ईद एकै दिन नपरी एक-दुई दिन फरक पर्ने गरेको हो । ईद उल-फित्र मुस्लिम समुदायको प्रमुख पर्व हो, जुन रमजान महिनाको समाप्तिपछि मनाइन्छ । यस अवधिमा रोजा बस्ने, प्रार्थना गर्ने र दान गर्ने परम्परा रहन्छ ।

    ईदको दिन बिहान विशेष नमाज अदा गरिन्छ र त्यसअघि ‘जकात-उल-फित्र’ दान गरिन्छ । नेपालमा विशेष गरी नेपालगञ्ज, वीरगञ्ज, विराटनगर, कपिलवस्तु, रुपन्देही, नवलपरासी र काठमाडौं लगायतका क्षेत्रमा ईदको विशेष रौनक देखिन्छ ।

    यस अवसरमा सेवइ, खीरजस्ता मिठा परिकार तयार पारिन्छन् र आफन्तबीच भेटघाट तथा शुभकामना आदानप्रदान गरिन्छ । बहुसांस्कृतिक समाजमा ईदले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश फैलाउने विश्वास गरिएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend