Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु, प्रतिष्ठानको रूपमा विकास गर्ने सरकारको लक्ष्य


६, चैत २०८२
  • 103
    SHARES
  • लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु, प्रतिष्ठानको रूपमा विकास गर्ने सरकारको लक्ष्य

    बुटवल l लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अत्याधुनिक एमआरआई सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।

    अस्पतालको ११६औँ वार्षिकोत्सवको अवसर पारेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नुभएको हो। प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको एमआरआई मेसिन सञ्चालनमा आएपछि अब सेवाग्राहीले महँगो खर्च र टाढा यात्रा नगरी आफ्नै प्रदेशमै गुणस्तरीय परीक्षण सेवा पाउने भएका छन्।

    यसअघि एमआरआई जाँचका लागि काठमाडौं वा भारतको गोरखपुर जानुपर्ने बाध्यता थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई दीर्घकालीन रूपमा ‘प्रतिष्ठान’का रूपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढाइएको स्पष्ट पार्नुभयो।

    “विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न अस्पताललाई प्रतिष्ठानको रूपमा रूपान्तरण गर्ने अवधारणा अघि सारेका छौं,” उहाँले भन्नुभयो। उहाँका अनुसार प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव बनाउने उद्देश्यसहित सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ।

    १२०० शैयाको अत्याधुनिक अस्पताल भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै मुख्यमन्त्रीले २१ महिनामा ४० प्रतिशत भौतिक प्रगति हासिल भएको र आगामी तीन वर्षभित्र नयाँ भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो। स्वास्थ्य सेवाको गुणस्तर सुधारमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सस्तो, सुलभ र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गरिएको दाबी गर्नुभयो।

    साथै स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक कानुनी तथा संरचनात्मक व्यवस्था गरिएको पनि जानकारी दिनुभयो। अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवका रूपमा उल्लेख गर्दै सेवा अझ प्रभावकारी बनाउन निरन्तर पहल भइरहेको बताउनुभयो।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको प्रगति तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो।

    सो अवसरमा अस्पतालका अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको थियो भने २५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो। साथै पूर्व नर्सिङ प्रशासकसमेत रहनुभएकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमले गर्नुभएको थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend