Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्वगृहमन्त्री खाँणले दिए इन्कारी बयान


३, जेठ २०८०
  • 127
    SHARES
  • पूर्वगृहमन्त्री खाँणले दिए इन्कारी बयान

    काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले इन्कारी बयान दिएका छन् । मंगलबार राति साढे ९ बजे सकिएको बयानमा उनलाई लगाइएको आरोपमा इन्कारी बयान दिएका हुन् । सरकारी कर्मचारीले ल्याएको फाइल सदर गर्ने, सरकार निरन्तर उत्तराधिकारी भएकाले अघिल्लो सरकारले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनले नै सबै कुरा बोलेको र नक्कली प्रतिवेदनबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

    ‘यो विषयमा मलाई जानकारी नै छैन, मन्त्रालय कुन कर्मचारीले के गल्ती गरेका छन् त्यसको जिम्मेवारी उनै कर्मचारीले लिनुपर्नेछ’, खाँणको बयानलाई उधृत गर्दै स्रोतले भन्यो । मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा सरकारी वकिलको रोहबरमा प्रहरीले उनको बयान लिएको हो । उनको बयान राति साढे ९ बजे सकिएको कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए । 

    उनका अनुसार बयान मंगलबार बिहान साढे ११ बजेदेखि शुरू भएको थियो । त्यस बेलादेखि शुरू भएको बयान नरोकी राति साढे ९ बजेसम्म भएको थियो । खाँणको बयान प्रहरीले सोमबार नै शुरू गरेको थियो । तर अस्वस्थ्य भएको भन्दै डेढ घन्टा मात्रै बयान भएको थियो । उनको बयान नभए पनि यस प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान प्रहरीले सोमबार लिएको थियो । 

    प्रहरीले रायमाझीको बयान साढे ५ घन्टा लिएको थियो । उनको बयान सोमबार नै सकिएको छ । सो प्रकरणमा प्रहरीले यस प्रकरणमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ। चैत १२ गतेदेखि शुरू भएको अनुसन्धान ६० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने प्रावधान छ । यो प्रकरणमा पक्राउ पुर्जी जारी भएका दुई जना अझै फरार छन् । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend