काठमाण्डौं । श्रीमान् मदन भण्डारीको स्मृति दिवसमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्वामीको बिरुवा रोपेकी छन् । आज तीनकुने स्थित मदन स्मृति उद्यानमा पुगेर उनले स्वामीको बिरुवा रोपेकी हुन् ।
विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो । त्यस्तै आजे विद्यादेवीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् । कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।