Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची जिल्ला अस्पतालमा रेबिज खोप अभाव, बिरामी मारमा


२२, चैत २०८२
  • 600
    SHARES
  • अर्घाखाँची जिल्ला अस्पतालमा रेबिज खोप अभाव, बिरामी मारमा

    अर्घाखाँची l अर्घाखाँची जिल्ला अस्पतालमा रेबिज विरुद्धको खोप तथा डढेको घाउमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव भएपछि बिरामीहरू गम्भीर समस्यामा परेका छन्।

    दैनिक उपचारका लागि आउने सेवाग्राहीहरू आवश्यक औषधि नपाउँदा निजी मेडिकलबाट महँगो मूल्यमा किन्न बाध्य भएका छन्। विशेषगरी कुकुर तथा अन्य जनावरको टोकाइपछि तुरुन्त लगाउनुपर्ने रेबिज खोप अस्पतालमै नपाउँदा बिरामीहरू निजी स्वास्थ्य संस्थान वा अन्य जिल्लाका अस्पताल धाउनुपर्ने अवस्था सिर्जना भएको छ।

    यसले समयमै उपचार नपाउने जोखिम बढाउनुका साथै बिरामीमाथि थप आर्थिक भार पनि परेको स्थानीय ज्ञान प्रसाद उपाध्यायले गुनासो गर्नुभयो। अस्पतालमा दैनिक रूपमा छाडा कुकुरको टोकाइबाट पीडित १० देखि १५ जनासम्म बिरामी आउने गरेका छन्।

    यस्तै, आगो वा तताएको वस्तुबाट पोलिएका बिरामीका लागि आवश्यक मलहमको पनि अभाव रहेको छ, जसले प्राथमिक उपचारमै समस्या उत्पन्न गरिरहेको छ। अस्पताल प्रशासनका अनुसार आपूर्ति प्रक्रियामा ढिलाइ हुनु र प्रदेश स्तरबाट औषधि खरिद नगर्नु मुख्य कारणका रूपमा देखिएको छ।

    सम्बन्धित निकायसँग पटक–पटक माग गरिए पनि समयमै औषधि उपलब्ध हुन नसकेको अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिनुभयो।

    स्थानीय बासिन्दाले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो लापरबाही अस्वीकार्य भएको भन्दै तत्काल आवश्यक औषधि उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

    बिरामीको ज्यानसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्बन्धित निकायले शीघ्र समाधान खोज्नुपर्ने देखिएको छ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend