Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

FNCCI चुनावमा नयाँ ऊर्जा: जमुना पौडेलको पक्षमा बलियो जनसमर्थन


२३, चैत २०८२
  • 996
    SHARES
  • FNCCI चुनावमा नयाँ ऊर्जा: जमुना पौडेलको पक्षमा बलियो जनसमर्थन

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आसन्न ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन नजिकिँदै जाँदा एशोसिएट्स (महिला) तर्फ कार्यकारिणी समिति सदस्य पदकी उम्मेदवार जमुना पौडेलप्रति समर्थन उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

    महिला उद्यमशीलताको सशक्त प्रतिनिधिका रूपमा उदाउँदै गरेकी पौडेललाई विजयी गराउन देशभरका उद्योगी-व्यवसायी तथा महिला उद्यमीहरूले सामूहिक अपिल गरेका छन् ।

    बुटवल उद्योग वाणिज्य संघकी वर्तमान कार्यसमिति सदस्य पौडेल विगतमा महासंघको लुम्बिनी प्रदेश महिला समिति सदस्यका रूपमा सक्रिय रहिसकेकी छन् । साथै, महासंघको बुटबल समिति सदस्यका रूपमा समेत उनको निरन्तर संलग्नता छ ।

    व्यवसायिक अनुभव, सामाजिक सक्रियता र नेतृत्व क्षमताको समन्वयले उनलाई एक सक्षम र विश्वासिलो उम्मेदवारका रूपमा स्थापित गरेको छ । पौडेलले साना तथा घरेलु उद्योगमा महिलाको बढ्दो लगानीलाई राष्ट्रिय प्राथमिकतामा राख्दै स्वरोजगार प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी छन् ।

    “महिलाहरूको आर्थिक सशक्तीकरण बिना दिगो समृद्धि सम्भव छैन,” भन्ने उनको धारणा मतदातामाझ प्रभावशाली रूपमा प्रस्तुत भइरहेको छ । उनको उम्मेदवारीले विशेषगरी महिला उद्यमीहरूमा नयाँ ऊर्जा र आशा जगाएको छ । निर्यात प्रवर्द्धन, घरेलु उत्पादनको बजारीकरण तथा नीतिगत लबिङमा उनको अनुभवलाई धेरैले सकारात्मक रूपमा लिएका छन्, जसले महासंघभित्र महिला नेतृत्वको सुदृढ उपस्थितिको अपेक्षा बढाएको छ ।

    यसै सन्दर्भमा विभिन्न उद्यमी समूहहरूले संयुक्त अपिल जारी गर्दै जमुना पौडेललाई विजयी गराउन आह्वान समेत गरेका छन् । अपिलमा भनिएको छ, “सक्षम, अनुभवी र प्रतिबद्ध नेतृत्व आजको आवश्यकता हो । महिला उद्यमीहरूको आवाजलाई केन्द्रसम्म पुर्‍याउन जमुना पौडेललाई निर्वाचनमा जिताउन सबैले सहयोग गरौँ।”

    आगामी चैत २९-३० गते हुने निर्वाचनलाई महिला सशक्तीकरणका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । पौडेल विजयी भए महासंघमा समावेशी नेतृत्व, उद्यमशीलताको प्रवर्द्धन र नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend