Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा राजस्व छलीको आरोपमा ६० लाख बढीका सामानसहित ट्रक नियन्त्रणमा


२३, चैत २०८२
  • 766
    SHARES
  • कपिलवस्तुमा राजस्व छलीको आरोपमा ६० लाख बढीका सामानसहित ट्रक नियन्त्रणमा

    कपिलवस्तु l कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेबाट राजस्व छली गरी ल्याइएको ठूलो परिमाणको सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पश्चिमबाट पूर्वतर्फ ल्याइँदै गरेको ना ६ ख ३९७७ नम्बरको ट्रकमा करिब ६० लाख ४१ हजार ५ सय ४८ रुपैयाँ बराबरका कपडा, जुत्ता, जिरा र खुर्सानी लगायतका सामग्रीमा राजस्व छली गरिएको आशंकामा कारबाही गरिएको हो।

    सोही घटनामा दाङको घोराही उप–महानगरपालिका–३ निवासी छबीलाल घर्ती मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा गरिएको जाँचका क्रममा सामानको मूल्य फरक देखिएकोले ट्रकसहित बरामद गरिएको प्रहरीले जनाएको छ।

    ट्रकको मूल्य करिब ७० लाख रुपैयाँ कायम गरिएको छ। प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend