Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महाराजगञ्ज बर्गदा घटनामा घाइते अरुण यादवको मृत्यु


२३, चैत २०८२
  • 289
    SHARES
  • महाराजगञ्ज बर्गदा घटनामा घाइते अरुण यादवको मृत्यु

    कपिलवस्तु l कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–६ बर्गदामा भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय अरुण यादवको उपचारका क्रममा मृत्यु भएको छ।

    उनको सोमबार बिहान करिब ४ बजे चितवन मेडिकल कलेजमा निधन भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार गत चैत ७ गते दुई समुदायबीच भएको झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए।

    उनको आन्द्रामा गहिरो चोट लागेको थियो र शल्यक्रिया समेत गरिएको थियो। उक्त घटनामा यादवसहित पाँच जना गोली लागेर घाइते भएका थिए। अन्य चार जना भने भैरहवा मेडिकल कलेजमा उपचारपछि घर फर्किसकेका छन्।

    चैत ७ गते ईदका दिन बर्गदा गाउँमा नमाज पढ्ने क्रममा नजिकैको काली मन्दिरमा चर्को स्वरमा भजन बजाइएको विषयलाई लिएर मुस्लिम र हिन्दु समुदायबीच विवाद उत्पन्न भई हिंसात्मक रूप लिएको थियो।

    स्थिति नियन्त्रण गर्न प्रहरीद्वारा लाठीचार्ज, दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार तथा हवाई फायरसमेत गरिएको थियो। घटनापछि मन्दिर तोडफोडको आरोपमा ६ जना र सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा थप ४ जनालाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend