Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सन्धिखर्क बसपार्कमै हाटबजार, अव्यवस्थाले यात्रु र सवारी सुरक्षामा गम्भीर जोखिम


२४, चैत २०८२
  • 1,377
    SHARES
  • सन्धिखर्क बसपार्कमै हाटबजार, अव्यवस्थाले यात्रु र सवारी सुरक्षामा गम्भीर जोखिम

    अर्घाखाँची l अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कस्थित बसपार्कमै हाटबजार सञ्चालन हुँदा यातायात व्यवस्थापन अस्तव्यस्त बनेको छ भने यात्रु र सवारी चालक दुवैको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको छ।

    हरेक शुक्रबार लाग्ने हाटबजारका कारण बसपार्क भित्रिने र बाहिरिने सडकखण्डमै व्यापारिक गतिविधि बढ्ने गरेको छ। व्यापारीहरूले सडक किनारमै पसल राख्दा सडक साँघुरो बन्नुका साथै आवागमनमा अवरोध सिर्जना भइरहेको स्थानीयले बताएका छन्।

    स्थानीय माया पौडेलका अनुसार बजारको भीडका कारण कतिपय समयमा सवारीसाधन चल्नै नसक्ने अवस्था आउने गरेको छ। “बसपार्कमै हाटबजार लाग्दा यात्रु र सवारी दुवै जोखिममा पर्ने गरेका छन्,” उहाँले भन्नुभयो।

    हाटबजारमा व्यवसाय गर्दै आएका जीवन आचार्यले बसपार्क क्षेत्रमै खुला रूपमा बजार सञ्चालन हुँदा हावा, हुरी, वर्षा र घामको प्रत्यक्ष असर पर्ने गरेको गुनासो गर्नुभयो। “सवारी र मानिसको अत्यधिक चापका कारण व्यापार गर्न पनि समस्या छ, दुर्घटनाको जोखिम पनि उत्तिकै छ,” उहाँले भन्नुभयो।

    व्यवसायीहरूका अनुसार स्थानीय उत्पादनको बजारीकरणमा हाटबजारले सहयोग गरे पनि व्यवस्थित स्थानको अभावले समस्या झनै बढाएको छ।

    बसपार्क क्षेत्रमा सवारी र मानिसको अत्यधिक भीड हुने भएकाले दुर्घटनाको सम्भावना उच्च रहेको उनीहरूको भनाइ छ। स्थानीय शुक्ला आचार्यले सन्धिखर्क नगरपालिका र ट्राफिक प्रहरी कार्यालयले तत्काल पहल गरी हाटबजारलाई व्यवस्थित स्थानमा सार्नुपर्ने माग गर्नुभयो।

    लामो समयदेखि सदरमुकाममै अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको हाटबजारप्रति नगरपालिका तथा सम्बन्धित निकाय बेखबर देखिँदा स्थानीयवासी चिन्तित बनेका छन्।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend