Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१४ लाख भारतीय रुपैयाँसहित पेट्रोल पम्प सञ्चालक पक्राउ, कपिलवस्तुमा सनसनी


२, वैशाख २०८३
  • 234
    SHARES
  • १४ लाख भारतीय रुपैयाँसहित पेट्रोल पम्प सञ्चालक पक्राउ, कपिलवस्तुमा सनसनी

    कपिलवस्तु- कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–स्थित चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

    सोमबार दिउँसो विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा मायादेवी गाउँपालिका-८ बरकुल निवासी २१ वर्षीय अभिषेक गुप्तालाई नियन्त्रणमा लिइएको हो।

    जिल्ला प्रहरी कार्यालयका अनुसार गुप्ता सवार लु १८ प ८७४७ नम्बरको मोटरसाइकललाई चोकबजारस्थित राजेश पान पसल नजिकैबाट पछ्याइएको थियो।

    प्रहरी देखेपछि मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका गुप्तालाई महेन्द्रगेट नजिकैबाट पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार मोटरसाइकलको सिटमुनि र डिक्कीमा लुकाएर राखिएको अवस्थामा ५ सय दरका २८ गड्डी भारतीय रुपैयाँ बरामद गरिएको छ, जसको कुल मूल्य १४ लाख हुन्छ।

    पक्राउ परेका गुप्ता बर्रोहिया क्षेत्रमा सञ्चालित ‘न्यु गुप्ता पेट्रोल पम्प’का सञ्चालक रहेको खुलेको छ। यसअघि पनि जिल्लामा बरामद भएका अवैध मुद्रा तथा सुनका घटनामा उनको नाम जोडिँदै आएको प्रहरीले जनाएको छ।

    गुप्तामाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend