Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चलचित्र पत्रकार संघमा पुनः अध्यक्ष बने समिर बलामी


६, वैशाख २०८३
  • 68
    SHARES
  • चलचित्र पत्रकार संघमा पुनः अध्यक्ष बने समिर बलामी

    काठमाडौं । चलचित्र पत्रकार संघ नेपालमा पुनः समिर बलामी नेतृत्वको टिम विजयी भएको छ । शनिबार भएको निर्वाचनमा अध्यक्षमा समिर बलामी दोब्बर मतान्तरमा विजयी भएका हुन् ।

    निर्वाचनमा कुल १४० मत खसेकोमा बलामीले सर्वाधिक ९५ मत प्राप्त गरेका छन्। उनको प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत प्राप्त गरे। बलामी यसअघि अध्यक्ष थिए भने पराजुली पूर्व उपाध्यक्ष रहेका थिए। बलामी फिल्मीफण्डाको सञ्चालकसहित सम्पादक रहेका छन् भने पराजुली ठूलोपर्दाको सञ्चालकसहित सम्पादक रहेका छन् ।

    निर्वाचनबाट उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा विजयी भएका छन् । उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्ष (महिला)मा दिपज्योति थापा ७५ मतसहित विजयी भएकी छन् ।

    त्यस्तै महासचिवमा गोपीकृष्ण चापागाई विजयी भएका छन्। सचिवमा मदन रिजाल, सचिव (समावेशी)मा महम्मद जालिम निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै कोषाध्यक्षमा मनिष अन्जान, सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं विजयी भएका छन् । त्यस्तै सदस्यहरूमा सदस्यहरूमा सोजना विक लोहार, सुशिल नेपाल, दिनेश थापा, नविन चापागाई, रतन बहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री, सालिकराम न्यौपाने विजयी भएका छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend