Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शिक्षा र सञ्चार क्षेत्रमा प्रेरणादायी व्यक्तित्व डा. चापागाईं सम्मानित


७, वैशाख २०८३
  • 257
    SHARES
  • शिक्षा र सञ्चार क्षेत्रमा प्रेरणादायी व्यक्तित्व डा. चापागाईं सम्मानित

    बुटवल । वरिष्ठ पत्रकार तथा शिक्षाक्षेत्रका अग्रणी व्यक्तित्व डा. बालकृष्ण चापागाईं ‘पूर्व विशिष्ट विद्यार्थी’ का रूपमा सम्मानित हुनुभएको छ।

    तिलोत्तमा-५, मणिग्राम, रुपन्देहीस्थित श्री गीर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको हिरक महोत्सव-२०८२ तथा ६०औँ वार्षिकोत्सव समारोहका अवसरमा उहाँलाई लुम्बिनी प्रदेश सरकारका भौतिक विकास मन्त्री भुमेश्वर ढकालको हातबाट उक्त सम्मान प्रदान गरिएको हो ।

    विद्यालयले आफ्नो संस्थागत गरिमा तथा प्राज्ञिक उन्नयनमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै डा. चापागाईंलाई सम्मानित गरेको हो ।

    विशेषगरी ‘बौद्धदर्शन र सञ्चार’ विषयमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि (PhD) हासिल गरी शैक्षिक तथा बौद्धिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई समारोहमा विशेष रूपमा उल्लेख गरिएको थियो।

    करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै समाजमा सचेतना अभिवृद्धि, सत्यतथ्य सूचना प्रवाह र बौद्धिक बहसलाई सशक्त बनाउने कार्यमा उहाँको भूमिका उल्लेखनीय रहेको छ ।

    साथै, शिक्षा र अनुसन्धानप्रतिको उहाँको समर्पणले नयाँ पुस्ताका विद्यार्थी तथा अनुसन्धानकर्तालाई निरन्तर प्रेरित गर्दै आएको वक्ताहरूले बताएका थिए ।

    समारोहमा विविध सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । विद्यालय प्रशासनले यस्ता सम्मान कार्यक्रमले पूर्व विद्यार्थी र संस्थाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।

    डा. चापागाईंलाई प्राप्त यो सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण शिक्षाप्रेमी समुदायका लागि गर्वको विषय भएको स्थानीय बुद्धिजीवीहरूले बताएका छन् । उहाँको आगामी दिनहरूमा अझ उच्च सफलता र योगदानको कामना गर्दै सहभागीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend