Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

“भोलि होइन आज, आज होइन अहिल्यै”- सेवा प्रवाह सुधार्न सांसद खनालको कडा निर्देशन


९, वैशाख २०८३
  • 93
    SHARES
  • “भोलि होइन आज, आज होइन अहिल्यै”- सेवा प्रवाह सुधार्न सांसद खनालको कडा निर्देशन

    पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी l जिल्लामा सेवा प्रवाहलाई छिटो, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यसहित संघीय सांसदहरू र सरकारी कार्यालय प्रमुखबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

    जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित उक्त कार्यक्रममा सेवामा हुने ढिलासुस्ती अन्त्य गर्दै तत्काल सेवा दिनुपर्नेमा सांसदहरूले कडा निर्देशन दिएका छन्। छलफलको केन्द्रबिन्दु “भोलि होइन आज, आज होइन अहिल्यै” भन्ने मूल मन्त्र थियो।

    सांसदहरूले सेवाग्राहीलाई कुनै पनि बहानामा नअल्झ्याई, समयमै र सहज रूपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्। उनीहरूले सरकारी संयन्त्रलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाउन जोड दिएका थिए। सांसद विक्रम खनालले विकास निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै बजेट अभावको बहाना बनाएर आयोजना अलपत्र पार्न नहुने स्पष्ट पार्नुभयो।

    “जनताको करबाट सञ्चालित आयोजना समयमै सम्पन्न हुनु राज्यको दायित्व हो,” उहाँले भन्नुभयो। त्यसैगरी, सांसद नरेन्द्र कुमार गुप्ताले प्रशासनिक सुधार र प्रविधिमैत्री सेवामा जोड दिँदै सेवाग्राहीलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो।

    सांसद रिङ्गला यादवले दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएको सास्ती अन्त्य गर्न एकद्वार प्रणाली र पारदर्शी कार्यशैली आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सांसदहरूको निर्देशन कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई थप कडा बनाइएको जानकारी दिनुभयो।

    8172819a-f980-4b71-8920-5cef2e336166.jpg

    “लापरबाही गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिनेछ,” उहाँले चेतावनी दिनुभयो। छलफलमा सहभागी विभिन्न कार्यालय प्रमुखहरूले आफ्ना कार्यालयको प्रगति, चुनौती र सुधारका योजनाबारे जानकारी दिएका थिए।

    सरोकारवालाहरूले यस छलफलले जिल्लाको सेवा प्रवाहमा गति ल्याउने र विकास प्रक्रियामा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend