कपिलवस्तु । कपिलवस्तु जिल्लाको डेरवा स्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्रा।वि।मा दुई कोठे नयाँ भवनको उद्घाटन तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल–चाइना फ्रेन्डसिप फोरमको सहयोगमा निर्माण गरिएको उक्त भवनको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले गर्नुभयो।
कार्यक्रममा फोरमकी अध्यक्ष झ्याउ मेलिङ, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरे लगायतको उपस्थिति रहेको थियो। उक्त अवसरमा विद्यालयका १६० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको थियो।
साथै फोरमको पहलमा विद्यालयमा आवश्यक फर्निचर तथा शौचालय निर्माण समेत गरिएको प्रधानाध्यापक शारदा आचार्यले जानकारी दिनुभयो।
कार्यक्रमका क्रममा विद्यालयका लागि जग्गा उपलब्ध गराउने सुनिल ज्ञवालीलाई सम्मानित गरिएको थियो। स्थानीयस्तरमा शैक्षिक पूर्वाधार विकाससँगै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता आउने विश्वास गरिएको छ।