Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा सरकारी जग्गा संरक्षण अभियान तीव्र: उच्च अदालत अगाडिको बस्ती हटाइयो


१३, वैशाख २०८३
  • 187
    SHARES
  • बुटवलमा सरकारी जग्गा संरक्षण अभियान तीव्र: उच्च अदालत अगाडिको बस्ती हटाइयो

    बुटवल l बुटवल उपमहानगरपालिकाले सरकारी जग्गा अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाउँदै उच्च अदालत तुलसीपुर, बुटवल इजलास अगाडि रहेको बस्ती हटाउने कार्य अघि बढाएको छ । उपमहानगरको सार्वजनिक सूचनापछि स्थानीय बासिन्दाहरूले आइतबार बिहानदेखि नै आफ्ना घर-टहरा स्वयं हटाउन सुरु गरेका छन् । यस कदमले सार्वजनिक सम्पत्तिको संरक्षणमा कडाइ गर्दै अतिक्रमणविरुद्ध स्पष्ट सन्देश दिएको छ ।

    उक्त बस्ती बुटवल उपमहानगरपालिका-४ मा पर्ने साविक कित्ता नम्बर ३९६ (हाल ७८१२६११३४०) अन्तर्गत करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा फैलिएको थियो । अदालतजस्तो संवेदनशील सरकारी निकायको नजिकै रहेको यस जग्गा लामो समयदेखि अतिक्रमणमा परेको सन्दर्भमा उपमहानगरको पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । बुटवल उपमहानगरपालिका वडा नमबर ४ अध्यक्ष नरिश्वर शर्मा पौडेलका अनुसार शनिबार साँझ माइकिङमार्फत सूचना जारी गरिएपछि केही टहराधनीले स्वेच्छिक रूपमा संरचना हटाउन थालेका हुन् ।

    2.jpg

    इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले नापी कार्य सम्पन्न भएपछि आवश्यक परे डोजर प्रयोग गरी बाँकी संरचना हटाइने जानकारी दिनुभयो । सुरक्षाकर्मीको उपस्थितिमा अभियान शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जनाइएको छ । यो अभियान स्थानीय सीमाभन्दा बाहिर पनि अर्थपूर्ण देखिन्छ।

    काठमाडौंसहित देशका विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका प्रयासहरू तीव्र भइरहेका बेला बुटवलको यो कदमले स्थानीय सरकारको सक्रियता र प्रतिबद्धता प्रस्ट पारेको छ । यसले आगामी दिनमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्दै सार्वजनिक सम्पत्तिको दीर्घकालीन संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend