Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाल्पा-२ मा कांग्रेसको ‘जरा अभियान’ प्रारम्भ: संगठन सुदृढीकरणमा विशेष जोड


१९, वैशाख २०८३
  • 287
    SHARES
  • पाल्पा-२ मा कांग्रेसको ‘जरा अभियान’ प्रारम्भ: संगठन सुदृढीकरणमा विशेष जोड

    पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. २ मा ‘जरा अभियान’ तथा क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। पार्टीको आधारभूत संरचना सुदृढ गर्दै आगामी निर्वाचनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो।

    कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय प्रतिनिधि निर्मला क्षेत्रीले ‘जरा अभियान’को आवश्यकता र महत्वबारे प्रकाश पार्दै संगठनको दीर्घकालीन सफलता जरा सुदृढीकरणमै निर्भर रहने बताइन्। उनले भनिन्, “मजबुत जरा बिना संगठन दिगो बन्न सक्दैन। यस अभियानले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा दिनेछ।”

    2.jpg

    जिल्ला सभापति हिमालदत्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि हरि न्यौपाने, लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर राना, क्षेत्रीय सभापति मुक्तिराम जिसी तथा प्राविधिक सुमन भट्टराईलगायतले पार्टीको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौती र आगामी रणनीतिबारे धारणा राख्दै सम्पूर्ण कार्यकर्तालाई एकताबद्ध भएर अभियान सफल बनाउन आह्वान गरे।

    अभियानअन्तर्गत पुराना सदस्यहरूको विवरण अद्यावधिक गर्नुका साथै नयाँ, ऊर्जाशील तथा युवामुखी सदस्यहरूलाई समेट्ने लक्ष्य राखिएको छ । क्षेत्रका १० वटै वडामा एक महिनाभित्र कार्यक्रम सम्पन्न गर्ने योजना तय गरिएको छ।

    3.jpg

    स्थानीय नेतृत्वका अनुसार, यस अभियानले संगठनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। केन्द्रीय नेतृत्वले यस्ता कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्ने संकेत दिएको छ, जसले नेपाली कांग्रेसको संगठनलाई दीर्घकालीन रूपमा अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend