Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रेशम भन्छन्:म विचलित भएको छैन


३, जेठ २०८०
  • 128
    SHARES
  • रेशम भन्छन्:म विचलित भएको छैन

    काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पुनरावलोकनको बाटोबाट आफूले न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन्। टीकापुर घटनाका आरोपी चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला मंगलबार सर्वोच्च अदालतले सदर गरेको छ।

    सोही विषयमा एक विज्ञप्ति जारी गर्दै चौधरीले सर्वोच्चको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका हुन्। आज आफू रहेको डिल्लीबजार कारागारमा बोलाएर पार्टीका अन्य नेताहरूसँग छलफल समेत गरेका नेता चौधरीले पुनरावलोकनको बाटो खुला रहेको र अदालतले न्याय दिनेमा विश्वास रहेको बताए।

    ‘सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा‍ म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ साथै सम्मानित अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नुपर्दछ। अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोस्ट नगर्न हुन अनुरोध गर्दछु, ।

    नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्ज‍िता श्रेष्ठको फेसबुकमार्फत् उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाइमा छौँ१ त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु  म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु१ स्वस्थ छु रतिभर मन बिचलित छैन, पुस्तक लेखिरहेको छु। केही दिनमा ‘धरातल’नामक पुस्तकको साथ तपाईंसमक्ष साक्षात हुनेछु।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend