Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश प्रसाद अग्रवाल नियुक्त


२३, वैशाख २०८३
  • 79
    SHARES
  • प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश प्रसाद अग्रवाल नियुक्त

     काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाहले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा.डा. जगदीश प्रसाद अग्रवाललाई आफ्नो अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेका छन्।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। पूर्व डीनसमेत रहेका अग्रवालले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) जस्तो प्रतिष्ठित संस्थाको नेतृत्व सम्हालिसकेका छन्।

    स्वास्थ्य क्षेत्रको दीर्घ अनुभव र विशेषज्ञताका आधारमा उनलाई प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरिएको बताइएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहाल का अनुसार, अग्रवालको नियुक्तिले मुलुकको स्वास्थ्य नीति, सेवा सुधार र प्राविधिक मार्गदर्शनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    विशेष कुरा के छ भने, डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा सुविधा नलिई पूर्णतः सेवाभावले आफ्नो विज्ञता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    यसले सरकारी सल्लाहकार भूमिकामा नैतिकता र सेवा भावनाको नयाँ उदाहरण प्रस्तुत गरेको रूपमा हेरिएको छ। सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अनुभवी र दक्ष व्यक्तित्वलाई समेट्ने प्रयासस्वरूप यो नियुक्ति गरेको बुझिएको छ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend