Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा सुकुम्वासीको विरोध प्रदर्शन, सरकारविरुद्ध नाराबाजी


२४, वैशाख २०८३
  • 114
    SHARES
  • बुटवलमा सुकुम्वासीको विरोध प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

    काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ ।

    राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । 

    प्रदर्शनमा सहभागीहरूले हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकार भन्दै नाराबाजी गरेका थिए । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

    कोणसभामा संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले कर र मत दिने नागरिकलाई अवैध बनाउने कार्य वर्तमान सरकारले गरेको बताए । 

    उनले आफूहरूलाई अवैध भने वालेन सरकार पनि वैध हुन नसक्ने जिकिर गर्नुभयो । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बोसवासीमाथि डोजर चलाउन मत नदिएको भन्दै उनले आफूहरूको विषयमा गम्भीर हुन माग गरे । 

    त्यस्तै संघर्ष समितिका संयोजक खड्क बहादुर पौडेलले संघीय सरकारको निर्देशनमा रुपन्देहीमा सुकुम्वासी र अव्यवस्थित बस्ती खाली गराउन लागिएकोप्रति आपत्ति जनाए ।

    उचित विकल्पबिना बस्ती खाली गराउने कार्य भए सशक्त प्रतिकार हुने चेतावनी संघर्ष समितिले दिएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend