Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शितगंगा नगरपालिकाको स्पष्टोक्ति: “एम्बुलेन्स, ग्याँस सिलिण्डर र कोठा भाडाबारे फैलाइएका आरोप तथ्यहीन”


२६, वैशाख २०८३
  • 118
    SHARES
  • शितगंगा नगरपालिकाको स्पष्टोक्ति: “एम्बुलेन्स, ग्याँस सिलिण्डर र कोठा भाडाबारे फैलाइएका आरोप तथ्यहीन”

    अर्घाखाँची । शितगंगा नगरपालिकाले सामाजिक सञ्जालमार्फत नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीविरुद्ध सार्वजनिक गरिएका आरोपहरूलाई निराधार, भ्रामक र एकपक्षीय भएको जनाएको छ ।

    मिति २०८३ वैशाख २५ गते जारी प्रेस विज्ञप्तिमार्फत नगरपालिकाले एम्बुलेन्स खरिद, ग्याँस सिलिण्डर प्रयोग तथा कोठा भाडासम्बन्धी विषयमा स्पष्ट विवरण सार्वजनिक गर्दै तथ्यहीन प्रचारप्रति आपत्ति जनाएको हो ।

    नगरपालिकाका अनुसार देउराली आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि खरिद गरिएको एम्बुलेन्स रोटरी क्लब अफ बुटवल चौतारीसँगको लागत साझेदारी कार्यक्रमअन्तर्गत ल्याइएको हो । उक्त सहमतिअनुसार कुल लागतको ७५ प्रतिशत रकम रोटरी क्लबले तथा २५ प्रतिशत रकम सम्बन्धित स्वास्थ्य संस्थाले व्यहोर्ने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

    सोहीअनुसार नगरपालिकाले स्वास्थ्य संस्थाको खातामा रु. ५ लाख २ हजार २५ रुपैयाँ उपलब्ध गराउनुका साथै डेकोरेशन लगायतका अन्य खर्चसमेत गरी कुल रु. ६ लाख रकम नियमानुसार भुक्तानी गरिएको स्पष्ट पारेको छ । यस प्रक्रियामा कुनै प्रकारको अनियमितता नभएको नगरपालिकाको दाबी छ ।

    त्यसैगरी, नगर उपप्रमुखसँग जोडेर सार्वजनिक गरिएको “१८ वटा ग्याँस सिलिण्डर” सम्बन्धी विषयमा पनि नगरपालिकाले वास्तविकता सार्वजनिक गरेको छ । विज्ञप्तिअनुसार ती ग्याँस सिलिण्डर कुनै एक व्यक्तिको निजी प्रयोगका लागि नभई विभिन्न कार्यालय तथा संस्थागत प्रयोजनमा प्रयोग गरिएको हो ।

    स्वास्थ्य संस्था, प्रमुख प्रशासकीय अधिकृतको निवास, कार्यालय स्टोर, न्यायिक समितिको सचिवालय तथा निर्वाचन सुरक्षामा खटिएको टोलीका लागि आवश्यकताअनुसार ग्याँस रिफिल तथा नयाँ सिलिण्डर खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

    २०८१ चैतदेखि २०८२ चैतसम्मको अवधिमा कर्मचारीहरू सुदन अधिकारी, हेमकान्त बेल्वासे, अर्जुन थापा लगायतमार्फत गरिएको खरिद तथा प्रयोगको अभिलेखसमेत नगरपालिकाले प्रस्तुत गरेको छ । त्यस्तै कोठा भाडासम्बन्धी विषयमा पनि नगरपालिकाले स्पष्टोक्ति दिएको छ ।

    कार्यालय प्रयोजनका लागि टोपलाल पाण्डेको घरमा भाडामा लिइएका ६ वटा कोठामध्ये ३ वटा कोठा नगर उपप्रमुखको कार्यकक्षका रूपमा प्रयोग भइरहेको तथा बाँकी कोठाहरू कार्यालय स्टोर र न्यायिक समितिको सचिवालयका लागि उपयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    नगरपालिकाले पत्रकारिताको नाममा अपुष्ट र एकपक्षीय सूचना सम्प्रेषण गरेर जनप्रतिनिधि तथा कर्मचारीहरूको मानमर्दन गर्ने प्रयास भएको आरोप लगाउँदै आधिकारिक तथ्य नबुझी भ्रम फैलाउने कार्य नगर्न सबैमा आग्रह गरेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई अनुरोध गरिएको छ ।

     

    77.jpg66.jpg22.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend