Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा आजदेखि ‘मिडिया मन्थन’ र राष्ट्रिय सञ्चार सम्मेलन सुरु


२६, वैशाख २०८३
  • 141
    SHARES
  • बुटवलमा आजदेखि ‘मिडिया मन्थन’ र राष्ट्रिय सञ्चार सम्मेलन सुरु

    बुटवल l नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा ‘मिडिया मन्थन’ तथा ‘राष्ट्रिय सञ्चार सम्मेलन–२०८३’ सुरु भएको छ।

    बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको सम्मेलनमा सञ्चार क्षेत्रका समसामयिक चुनौती, स्थानीय मिडियाको भविष्य, डिजिटल प्लेटफर्मको प्रभाव, पर्यटन प्रवर्द्धन, आर्थिक संकट र मिडिया नीतिलगायत विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ।

    आज शनिबारदेखि सुरु भएको ‘मिडिया मन्थन’ अन्तर्गत “कसरी बचाउने स्थानीय मिडिया ?”, “स्थानीय सरकारः के गर्दैछन्, के गर्नुपर्छ ?” तथा “कसरी उभो लाग्छ उद्योग व्यवसाय ?” विषयमा बहस भइरहेको छ।

    त्यस्तै, वैशाख २७ गते आइतबार बिहान ७ बजेदेखि सुरु हुने दोस्रो चरणको कार्यक्रममा “लुम्बिनीको पर्यटनः पर्यटक र पैसा कसरी भित्राउने ?”, “आर्थिक संकटमा मिडिया, अबको बाटो”, “प्रश्नको घेरामा मिडिया”, “परम्परागत मिडियामाथि डिजिटल प्लेटफर्मको चुनौती”, “मिडियाकर्मीः वाचडग कि राजनीतिक खेलाडी ?” तथा “मिडिया नीति कस्तो हुनुपर्छ ?” जस्ता महत्वपूर्ण विषयमा बहस गरिनेछ।

    वैशाख २८ गते सोमबार बिहान ८ः१५ बजेदेखि राष्ट्रिय सञ्चार सम्मेलन आयोजना हुने कार्यक्रम रहेको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिएका छन्।

    आयोजकका अनुसार सम्मेलनले बदलिँदो सञ्चार परिवेशमा नेपाली मिडियाले सामना गरिरहेका चुनौती र अवसरबारे साझा निष्कर्ष निकाल्दै नीतिगत बहसलाई समेत अघि बढाउने अपेक्षा गरिएको छ।

    e0def4a3-2f66-4af3-8a47-e955b4422d47.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend