Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राजेश र करिश्मा अभिनीत ‘म हुँ पानी’ गीत सार्वजनिक


२७, वैशाख २०८३
  • 99
    SHARES
  • राजेश र करिश्मा अभिनीत  ‘म हुँ पानी’ गीत सार्वजनिक

    काठमाडौँ । ‘पानको पात’ जस्ता कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ ।

    शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, गायक बम बहादर कार्की, निर्देशक देवेन्द्र पाण्डे र गायिका तथा गोरखा म्युजिककी सञ्चालक शिवा आले कार्की, कलाकार उत्तम केसी लगायतको उपस्थिति थियो ।

    प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्वलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतमा समाजका लागि एउटा गहन सन्देश प्रवाह गरिएको छ।

    म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका सदाबहार जोडी महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अभिनय छ । केही समयको अन्तरालपछि यो जोडीले एउटै भिडियोमा काम गरेका हुन्, जहाँ हमालले पानीको शक्ति र गरिमालाई चित्रण गरेका छन् भने करिश्माले आफ्नो नृत्य र अभिनयमार्फत प्रकृतिको सुन्दरतालाई झल्काएकी छिन् । भिडियोमा उनीहरूसँगै सगुन कार्कीको पनि सशक्त अभिनय देख्न सकिन्छ ।

    गीतमा बम बहादुर कार्की स्वयम्को शब्द र सङ्गीत छ । स्वरमा कार्कीलाई गायिका शिवा आले कार्की, लोचन भट्टराई र गायक अर्जुन सोनमले साथ दिएका छन् । सङ्गीत संयोजन बि.बि.अनुरागीले गरेको छन् ।

    देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोलाई हरि हुमागाईँले छायाङ्कन गरेका हुन् । भिडियोमा नेपालका सुन्दर पहाड, झरना, नदी र प्राकृतिक दृश्यहरूलाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । विकास दाहालले सम्पादन गरेको यस भिडियोमा पानीका विभिन्न रूपहरू पनि देखाइएको छ । गीतको मूल भाव ‘पानी नै जीवन हो’ भन्ने रहेको छ । गीतले पानीले आफ्नो महत्त्व दर्साउँदै मानिसहरूलाई यसको संरक्षण गर्न र प्रदूषित नबनाउन आग्रह गरेको छ।  गोरखा म्युजिकमार्फत गीत सार्वजनिक भएको हो ।

    कार्यक्रममा महानायक हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्वपूर्ण आधार भएको बताउँदै यसको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरे । उनले पानीको मूल्य र यसको मानवीय अस्तित्वसँगको सम्बन्धबारे उनले चर्चा गरेका थिए ।

    कार्यक्रममा हमालले गायक बम बहादुर कार्कीको योगदानको चर्चा गर्दै उनको सदाबहार गीत ‘पानको पात’ ले नेपालमा मात्र नभई विश्वभर चर्चा पाएको स्मरण गरे । आफू चलचित्र क्षेत्रमा आउनुभन्दा अगाडि नै कार्कीका गीतहरूमा नाच्ने गरेको बताउँदै उनले यस नयाँ प्रोजेक्टमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।

    अभिनेत्री करिस्मा मानन्धरले गीतर भिडियो राम्रो बनेको भन्दै प्रसंसा गरिन् । गायक बम बहादुर कार्कीले मानब जीवनमा पानीको महत्त्व बुझाउन र संरक्षण सन्देश दिन गीत बनाएको बताए ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend