Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, हरिवंशले दिए पहिलो सट

चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, हरिवंशले दिए पहिलो सट


२८, वैशाख २०८३
  • 94
    SHARES
  • चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, हरिवंशले दिए पहिलो सट

    काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले आज चलचित्रको स्क्रिप्ट पूजा गर्दै ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरेको हो ।

    निर्देशकसहित प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रको पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका छन् । उनको पहिलो सटले सिनेमाको नाम कसरी राखिएको भन्ने प्रस्ट पार्छ ।

    शुभमुहूर्तमा हरिवंशसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकार उपस्थित थिए ।

    जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बन्ने चलचित्र जेठ १५ बाट छायांकनमा जानेछ । चलचित्रको सुटिङ सेड्युल ४५ दिनको रहेको छ । धनकुटा, सुनसरी र काठमाडौंका चलचित्रको छायांकन हुनेछ । यो चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउनेछ ।

    गत वर्षको ब्लकबस्टर मुभी ‘परान’का निर्देशक  दीपकप्रसाद आचार्य ‘काकु’ले ‘चिरञ्जीवी भव’ निर्देशन गर्दैछन् । ‘परान गत वर्षको सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र हो ।

    उनै ब्लकबस्टर निर्देशकले नयाँ चलचित्र ‘चिरञ्जीवी भव’ निर्देशन गर्न लागेका गरेका हुन् । यो चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गर्न लागेका हुन् ।

    यो चलचित्रमा हरिवंशसँगै प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी, हरिस निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवरलगायत कलाकार मुख्य भूमिकामा छन् ।

    कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् ।

    सोसल ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भव’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाउने निर्माणपक्षले बताएको छ ।

    उमेशकुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री छन् 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend