Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘म्याग्दी रुमाले’को चर्चासँगै चलचित्र ‘रोल नं १’को उत्साह


३१, वैशाख २०८३
  • 88
    SHARES
  • ‘म्याग्दी रुमाले’को चर्चासँगै चलचित्र ‘रोल नं १’को उत्साह

    काठमाडौं । चलचित्र ‘रोल नं १’ मा समावेश ‘म्याग्दी रुमाले’ गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक भएको केही दिनमै टिकटक, फेसबुक र युट्युबमा यसले निकै सकारात्मक प्रतिक्रिया पाएको छ। प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर तथा सुष्मा सिग्देलको शब्द रहेको यो लोकलयमा आधारित गीतमा विनोद न्यौपाने र जुना विश्वकर्माको आकर्षक नृत्य देख्न सकिन्छ। विशेषगरी गण्डकी प्रदेशको लवज र प्रेमिल संवादका कारण दर्शकले यसलाई 'नोस्टाल्जिक' र 'डान्सिङ नम्बर'का रूपमा रुचाएका छन्।

    जोन योञ्जनको निर्देशनमा तयार भएको यो चलचित्र जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ। विद्यार्थीको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीले बालमस्तिष्कमा पार्ने प्रभावको कथा बोकेको यस सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी लगायतका कलाकारको मुख्य भूमिका छ। गीतको सफलताले चलचित्रप्रति दर्शकको उत्साह थप बढाएको छ भने निर्माण टिम हाल देशव्यापी प्रचारप्रसार (मोफसल यात्रा) मा व्यस्त रहेको छ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend