Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. माणिकरत्न शाक्य नियुक्त


२, जेठ २०८३
  • 173
    SHARES
  • लुम्बिनी बौद्ध विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. माणिकरत्न शाक्य नियुक्त

    रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व डिन सह–प्राध्यापक डा. माणिकरत्न शाक्यलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तोकिएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेको अवस्थामा दैनिक प्रशासनिक तथा प्राज्ञिक कार्य सञ्चालनका लागि उनलाई जिम्मेवारी दिएको हो।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी पत्रअनुसार प्रधानमन्त्री तथा कुलपतिस्तरको २०८३ जेठ ३० गतेको निर्णय बमोजिम डा. शाक्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ। विश्वविद्यालयको नियमित कामकारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न उक्त निर्णय गरिएको जनाइएको छ।

    सरकारले अध्यादेश ल्याएपछि उपकुलपति पद रिक्त भएको थियो ।डा. शाक्य लामो समयदेखि बौद्ध अध्ययन, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी विश्वविद्यालयका विभिन्न शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिमा संलग्न रहँदै आएका थिए। यसअघि पनि विश्वविद्यालयका विभिन्न कार्यक्रममा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

    लुम्बिनी बौद्ध विश्वविद्यालय नेपालकै एकमात्र बौद्ध विश्वविद्यालयका रूपमा परिचित रहेको छ। विश्वविद्यालयमा बौद्ध दर्शन, संस्कृति, भाषा तथा अनुसन्धानसम्बन्धी अध्ययन–अध्यापन हुँदै आएको छ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend