Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घरेलु तथा साना उद्योग कार्यालयले श्रमिकमा बढायो जागरण र उत्साह


४, जेठ २०८३
  • 142
    SHARES
  • घरेलु तथा साना उद्योग कार्यालयले श्रमिकमा बढायो जागरण र उत्साह

    अनु खनाल, बुटवल । घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीले जिल्लाभित्र विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा श्रमिक सञ्जालसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    श्रमिकका अधिकार, सामाजिक सुरक्षा, कानुनी व्यवस्था तथा रोजगारीका विषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा श्रमिक प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमकी अध्यक्ष शारदा भट्टराईले श्रमिकको सम्मान र संरक्षण राज्य तथा समाजको साझा दायित्व भएको उल्लेख गर्दै सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

    उहाँले विभिन्न क्षेत्रका संघसंस्था र सञ्चार माध्यमले श्रमिकको आवाज उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष टंक अधिकारीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

    2.jpg

    उद्घाटन मन्तव्यका क्रममा उहाँले आफ्नो उद्योगमा कार्यरत श्रमिकलाई समयमै तलब उपलब्ध गराउने गरेको जानकारी दिँदै श्रमिकप्रति जिम्मेवार बन्न सबै उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो। श्रम रोजगार शाखाका प्रमुख राम पन्थीले विभिन्न क्षेत्रमा कार्यरत श्रमिकसँग सम्बन्धित कानुनी व्यवस्था, श्रम ऐन तथा व्यवहारिक समस्याका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

    उहाँले श्रमिकले आफ्नो अधिकारसँगै कर्तव्यबारे पनि सचेत हुनुपर्ने धारणा राख्नुभयो। त्यसैगरी सामाजिक सुरक्षा कोषका प्रमुख केदार पौडेलले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा भविष्यमा प्राप्त हुने सुविधा, बचत तथा सुरक्षाका विषयमा जानकारी दिनुभयो। उहाँले श्रमिक र रोजगारदातालाई सामाजिक सुरक्षा प्रणालीमा जोडिन आग्रह गर्नुभयो।

    कार्यक्रममा विभिन्न पेशा तथा क्षेत्रमा कार्यरत श्रमिक, श्रमिक संगठन तथा संघसंस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रम निकै उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। आफूहरूले पहिले नजानेका धेरै विषयबारे जानकारी पाएको र यसले भविष्यमा श्रमिक अधिकारका लागि थप सचेत बनाएको उनीहरूको भनाइ थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend