Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतीय कारको फल्स बटबाट ३ लाखभन्दा बढीको अवैध मदिरा बरामद


४, जेठ २०८३
  • 272
    SHARES
  • भारतीय कारको फल्स बटबाट ३ लाखभन्दा बढीको अवैध मदिरा बरामद

    इमरान खान, कपिलवस्तु । कपिलवस्तुमा भारतीय नम्बर प्लेटको कारबाट ३ लाखभन्दा बढी मूल्य बराबरको अवैध मदिरा बरामद गरिएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ स्थित रेन्ज पोस्ट नजिक ट्राफिक प्रहरीले विशेष चेकजाँचका क्रममा मदिरा फेला पारेको हो।

    डिएल ४ सि एनई ९४१२ नम्बरको भारतीय टोयटा कारलाई शंकाको आधारमा रोकि जाँच गर्दा कारको पछाडिको सिटमा फल्स बट बनाएर लुकाइ राखिएको अवस्थामा रोयल स्टेग र सिग्नेचर ब्रान्डका २ सय ३३ बोतल मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मदिराको अनुमानित मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँ रहेको छ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार सवारी चालकले “गाडीको कागजात छुटेको छ, लिएर आउँछु” भन्दै त्यहाँबाट निस्किएपछि पुनः सम्पर्कमा नआएको बताए।

    त्यसपछि प्रहरीले कारको विस्तृत जाँच गर्दा गोप्य रूपमा बनाइएको फल्स बटभित्र मदिरा लुकाइएको फेला परेको हो। बरामद मदिरा जिल्ला प्रहरी कार्यालयको परिसरमा कानुनी प्रक्रिया पूरा गरी गाडेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

    साथै करिब ७ लाख रुपैयाँ मूल्य बराबरको उक्त कार आवश्यक कारबाहीका लागि सुनौली भन्सार कार्यालय पठाइने डीएसपी सिंहले जानकारी दिए। सीमावर्ती क्षेत्रमा पछिल्लो समय अवैध मदिरा तथा अन्य सामान ओसारपसारका घटना बढ्दै गएपछि प्रहरीले चेकजाँचलाई थप कडा बनाएको जनाएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend