Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रवासी युवाको सरकारलाई सन्देश :“रेमिट्यान्सले देश धानेका युवालाई राज्यले केवल दर्शक होइन, निर्णयकर्ताको रूपमा स्वीकार गर्नुपर्छ”


६, जेठ २०८३
  • 832
    SHARES
  • प्रवासी युवाको सरकारलाई सन्देश :“रेमिट्यान्सले देश धानेका युवालाई राज्यले केवल दर्शक होइन, निर्णयकर्ताको रूपमा स्वीकार गर्नुपर्छ”

    रुपन्देही ।  बुटवलमा आयोजित कार्यक्रममा प्रवासी युवा कमल बस्नेतले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै आशा, अपेक्षा र खबरदारी मिश्रित भावनात्मक सन्देश दिएका छन् ।

     वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली युवाको भावना प्रतिनिधित्व गर्दै उनले अब नेपाली युवाले भाषण, आश्वासन र नाराभन्दा प्रत्यक्ष परिणाम खोजिरहेको स्पष्ट पारे ।
    कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विदेशमा रहेका नेपालीलाई राज्यले केवल रेमिट्यान्स पठाउने माध्यमका रूपमा मात्र नहेर्न आग्रह गरे । उनले भने, “देशको अर्थतन्त्र धानिरहेका युवाको आवाज अब राज्यले सुन्नैपर्छ । विदेशमा बस्ने नेपाली केवल रेमिट्यान्स पठाउने मेसिन होइनन्, उनीहरू पनि यो देशका बराबरी नागरिक हुन् ।”

    उनले विदेशमा पसिना बगाइरहेका युवाको सपना केवल पैसा कमाउनु मात्र नभई सम्मानका साथ स्वदेश फर्किनु रहेको उल्लेख गर्दै सरकारले युवालाई नेपालमै अवसर र भविष्य देखाउने वातावरण निर्माण गर्नुपर्ने बताए ।

     “हामी विदेशमा बाध्यताले छौं, रहरले होइन । अब सरकारले युवालाई फर्किने वातावरण बनाउनुपर्छ । नेपालमै अवसर, रोजगारी र सम्मानको ग्यारेन्टी हुनुपर्छ,” उनले भने ।

    बस्नेतले काठमाडौं महानगरपालिकामा बालेन्द्र शाहले देखाएको डिजिटल सुशासन, पारदर्शिता र प्रशासनिक सुधारको प्रशंसा गर्दै अब त्यही अभ्यास संघीय सरकारमार्फत राष्ट्रिय स्तरमा विस्तार हुनुपर्ने धारणा राखे ।

    प्रवासी नेपालीको दशकौँ पुरानो माग दोहोर्‍याउँदै उनले विदेशबाटै मतदान गर्न पाउने व्यवस्था तत्काल लागू गर्न सरकारसँग आग्रह गरे । “देशको अर्थतन्त्र धान्ने युवाले आफ्नै देशको नेतृत्व चयन गर्न नपाउनु अन्याय हो । सरकारले सुरक्षित अनलाइन मतदान वा दूतावासमार्फत मतदानको व्यवस्था गर्नुपर्छ,” उनले भने ।

    राजनीतिक अस्थिरता, भ्रष्टाचार र झन्झटिलो प्रशासनिक प्रक्रियाले लाखौँ युवालाई विदेशिन बाध्य बनाएको उल्लेख गर्दै बस्नेतले अब ‘नो नट अगेन’ होइन, ‘ब्याक टु नेपाल’ अभियान आवश्यक रहेको बताए । उनले विदेशमै बसेर मोबाइलबाट कम्पनी दर्ता गर्ने, कर तिर्ने र सरकारी सेवा लिन सकिने व्यवस्था भए मात्रै युवामा नेपाल फर्किने आत्मविश्वास बढ्ने धारणा राखे ।

    खाडी मुलुक, मलेसिया तथा द्वन्द्वग्रस्त क्षेत्रमा समस्यामा परेका नेपालीको उद्धारमा विगतमा सरकार कमजोर देखिएको टिप्पणी गर्दै उनले प्रत्येक नेपाली दूतावासमा २४ सै घण्टा सक्रिय रहने ‘र्यापिड रेस्पोन्स टिम’ गठन गर्न माग गरे । “संकटमा परेका नेपालीले फोन गर्दा राज्यको उपस्थिति महसुस गर्न पाउनुपर्छ । सरकारले उद्धार र आपतकालीन सेवामा संवेदनशीलता देखाउनुपर्छ,” उनले भने ।

    बस्नेतले सामाजिक सञ्जालको लोकप्रियता र सरकार सञ्चालन फरक विषय भएको उल्लेख गर्दै अब जनताले सरकारको मूल्यांकन कामको परिणामका आधारमा गर्ने बताए । “अब आश्वासन होइन, व्यवहारिक परिवर्तन चाहिएको छ । लाखौँ प्रवासी नेपाली युवाले सरकारको हरेक कदम नियालिरहेका छन्,” उनले स्पष्ट शब्दमा भने ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend