Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य क्षेत्रको सुधारका लागि बाह्रबुँदे प्रतिबद्धता


१७, साउन २०८०
  • 124
    SHARES
  • स्वास्थ्य क्षेत्रको सुधारका लागि बाह्रबुँदे  प्रतिबद्धता

    रसुवा । नसर्ने रोगका साथै मानसिक समस्याप्रति पूर्ण सवधानी अपनाउँदै जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउन जिल्लाबाट  दिइने थप सेवाका विषयमा बाह्रबुँदे  प्रतिबद्धा गरिएको छ । काठमाडौँस्थित स्वास्थ्य निर्देशनालय इपिडिमियोलोजी महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय  तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा राष्ट्रिय मानसिक स्वास्थ्य सेवा सुदृढीकरणअन्तर्गत नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजनाका बारेमा स्थानीय सरकारलगायत सरोकारवाला निकायलाई जानकारी गराउन सदरमुकाम धुञ्चेमा आयोजना गरिएकोे एक कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो ।

    वागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले तयार पारेको उक्त प्रतिबद्धतापत्रलाई प्रभावकारीरूपमा कार्यान्वयन गराउन यहाँका सरोकारवाला निकाय सामु स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले मङ्गलबार सार्वजनिक गर्नुभएको थियो । नसर्ने रोग एवं मानसिक रोग न्यूनीकरण गर्दै लान खानपिनमा सुधार गर्नुपर्ने, धूमपान एवं मादकपदार्थ सेवनलाई निरूत्साहित गर्ने , घरभित्रका धुँवाको न्यूनीकरणलगायत विविध कुरा  प्रतिबद्धतापत्रमा उल्लेख थियो  ।

    नसर्ने रोग रोकथामका लागि स्थानीय तहका निकायमा संस्थागत संरचना स्थापना गरी कार्यान्वयनमा लाइने बताइएको छ ।सुर्तिजन्य र मादकपदार्थको विज्ञापन प्रर्बद्धन र प्रयोगमा पूर्णरोक लगाइने, ट्राफिक प्रहरीबाट सवारी चालकको मापसे परीक्षण गराउने, विद्यालय नर्स कार्यक्रमलाई सरलीकरण गरिने, विद्यालयको खाजालाई  प्राङ्गारिक बनाइनेजस्ता कुरा पनि प्रतिबद्धतापत्रमा उल्लेख थियो ।

    स्थानीयस्तरको अस्पतालमा महिनाको एक पटक मानसिक रोगको विशेषज्ञ चिकित्सक सेवा दिइने र रसुवा अस्पतालको समन्वयमा ती अस्पतालमा औषधि आपूर्तिको व्यवस्था गराइनेसमेत बताइएको थियो । घरमा रहेका दीर्घरोगी तथा अशक्तलाई घरघरमै गएर स्वास्थ्यपरीक्षण एवं आवश्यक सामग्रीको व्यवस्थापन गरिने, बहुक्षेत्रीय कार्य योजनालाई सङ्घ प्रदेश र स्थानीय सरकारको सहकार्यबाट गाउँ स्वास्थ्य अभियान अगाडि बढाइने जनाइएको छ ।

    स्वास्थ्यमा देखापर्ने असरलाई मध्यनजर गरी प्लास्टिकजन्य फोहर खुल्ला ठाउँमा जलाउन नदिइने  उल्लेख गरिएको छ । दूरदराजका ग्रमिण  क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर सन्तुलन राख्न  स्वास्थ्य विशेषज्ञको रायसमेत लिई उक्त घोषणा गरिएकोले प्रतिवद्धता कार्यान्वयनमा तिनै तहका सरकारद्वारा पूर्णरूपमा सहयोग मिल्नेमा आफू आशावादी रहेको निर्देशक श्रेष्ठले बताउनुभयो ।

    जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगया र कालिका गाउँपालिका उपाध्यक्षद्वय चमेली गुरूङ र मीरा तामाङ, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, गाउँपालिकाका प्रशासकीय अधिकारी एवं स्वास्थ्य इकाई प्रमुख, विज्ञ चिकित्सक एवं सञ्चारकर्मी समेतको सहभागितामा बागमती प्रदेशका स्वास्थ्य निर्देशक श्रेष्ठले प्रतिबद्धतापत्र घोषणा गरेसँगै  कार्यान्वयन चरण अगाडि बढिसकेको  स्वास्थ्य शाखा प्रमुख भीम सागर गुराँगाईले बताउनुभयो ।

    यहाँ कार्यरत स्थानीय निकायका पदाधिकारी एवं विश्व स्वास्थ्य सङ्गठनका विज्ञसमेतको सहभागितामा   भएको वृहत् छलफल र सुझावले आगामी दिन जिल्लाको  स्वास्थ्य अबस्था थप सुदृढ हुनेमा आशावादी रहेको सहभागीले बताए । वर्तमान स्वास्थ्य अवस्था र भावी रणनीतिका बारेमा स्वास्थ्यविज्ञ फणिन्द्रप्रसाद बराल र  सतिस विष्टले कार्यपत्र पेस गर्नुभएको थियो भने रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमितकुमार शाहले उपचारमा देखा परेका समस्या र गरिएका प्रयासको बारेमा  कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

    यसैगरी  विश्व स्थास्थ्य सङ्गठनका प्रतिनिधिले यसअघि स्वास्थ्य क्षेत्रमा गरिएका सहयोगबारे जानकारी गराएका थिए ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend