Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

६६ दिनको सेड्युलपछि सकियो चलचित्र ‘पाँच पाण्डव’को छायांकन, समकालीन समाजको कथा भन्ने


११, जेठ २०८३
  • 98
    SHARES
  • ६६ दिनको सेड्युलपछि सकियो चलचित्र ‘पाँच पाण्डव’को छायांकन, समकालीन समाजको कथा भन्ने

    काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘पाँच पाण्डव’को छायांकन ६६ दिनको लामो सेड्युलपछि सफलतापूर्वक सकिएको छ। चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन प्याकअपका अवसरमा निर्माण टिमले ‘इन्डक्ल्याप’ लेखिएको केक काटेर खुसीयाली साटेको थियो। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रका निर्देशक वसन्त निरौलाले छायांकनमा कुनै पनि किसिमको सम्झौता नगरिएको र त्यो स्तरीयता सिनेमाको पर्दामा स्पष्ट देखिने दाबी गरेका छन्। झापाका विभिन्न रमणीय तथा महत्वपूर्ण स्थानहरूमा अधिकांश दृश्य खिचिएको यस चलचित्रलाई श्याम तामाङले क्यामेरामा कैद गरेका हुन्।

    यो चलचित्र मुख्यत: एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) रहेको यसका लेखक सुशील पौडेलले स्पष्ट पारेका छन्। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बहरूलाई आधुनिक रूपमा प्रयोग गर्दै समकालीन नेपाली समाजको जीवन्त कथालाई प्रस्तुत गर्नेछ। चलचित्रको नाम, मौलिक कथावस्तु र सशक्त कलाकारहरूको समिश्रणका कारण यो घोषणाकालदेखि नै दर्शकमाझ निकै प्रतिक्षित बनिरहेको छ।

    चलचित्रमा नेपाली चलचित्र जगतका दिग्गज तथा नयाँ पुस्ताका स्थापित कलाकारहरूको अभिनय हेर्न पाइनेछ, जसमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन्। उनीहरूका साथमा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। काली रानी श्रेष्ठ निर्माता र सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको यस चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्, जसले यसअघि गतवर्ष चर्चित चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend