Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्देशक बलिराम चौहानद्वारा नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा


१२, जेठ २०८३
  • 93
    SHARES
  • निर्देशक बलिराम चौहानद्वारा नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा

    काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘द ब्ल्यू लाइट’का निर्देशक बलिराम चौहानले आफ्नो नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमा चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै उनले औपचारिक रूपमा टाइटल अनाउन्स गरेका हुन्। स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ, जसले यो चलचित्र पूर्ण रूपमा युवा पुस्ता केन्द्रित हुने स्पष्ट पार्छ। ‘ल्याङ्ग ल्याङ्ग’ विशेषगरी युवाहरूले आफ्नो साथी सर्कलमा ‘किचकिच’ वा एउटै कुराले दिने मानसिक तनावलाई बुझाउन प्रयोग गर्ने लोकप्रिय शब्द हो। निर्देशक चौहानले थिम पोस्टर सेयर गर्दै ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य: यो जीवनको लागि यति मात्र हो’ भन्ने लाइन लेखेका छन्, जसले प्रेममा पाएको धोका र त्यसबाट सिर्जित तनावको कथालाई चलचित्रमा उतारिने बलियो सङ्केत गर्छ।

    सार्वजनिक गरिएको ग्रे कलरको थिम पोस्टरमा कुनै सहरको पार्कमा एउटा झोला, हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लब साइन, छरिएका दुईवटा डायरी, पेन, जिन्सको आउटर, कालो चस्मा, अलपत्र परेको बुके र ‘गुड भाइब्स’ लेखिएको स्टिकर देखाइएको छ। पोस्टरका यी विम्बहरूले अचानक प्रेममा धोका पाएको एक प्रेमीको मानसिक अवस्थालाई चित्रण गरेका छन्। बलिराम चौहान र उपश्री खतिवडाले मिलेर लेखेको यस चलचित्रको कलाकार, प्राविधिक, निर्माता र छायाङ्कन तथा प्रदर्शन मितिबारे निर्माण पक्षले हाललाई सबै कुरा गोप्य नै राखेको छ। निर्देशक चौहानको अघिल्लो चलचित्र ‘द ब्ल्यू लाइट’ले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाए तापनि तत्कालीन समयमा देशमा रहेको निर्वाचनको माहोलका कारण प्रदर्शनको तेस्रो दिनमै हलबाट निकालिएको थियो।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend