Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध सडकमा श्रम संस्कृति पार्टी, वक्तव्य फिर्ता लिन माग


१९, जेठ २०८३
  • 96
    SHARES
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध सडकमा श्रम संस्कृति पार्टी, वक्तव्य फिर्ता लिन माग

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानमा आघात पुगेको तथा नेपाली जनताको शिर झुकाउने काम गरेको आरोप लगाउँदै पार्टीका नेता–कार्यकर्ता सडकमा उत्रिएका हुन्।

    विरोध प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेका थिए। उनीहरूले राष्ट्रियता, सीमा सुरक्षा र सरकारको जिम्मेवारीसँग सम्बन्धित विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए। प्रदर्शनकारीहरूले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको खोजी, सीमा अतिक्रमणसम्बन्धी विषय र राष्ट्रिय हितका सवालमा सरकार स्पष्ट हुनुपर्ने मागसमेत उठाएका थिए।

    प्रदर्शनका क्रममा ‘जीवी राई कहाँ छ ?’, ‘नेपालले भारतको कति हेक्टर भूमि मिचेको छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए। श्रम संस्कृति पार्टीले राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार अभिव्यक्ति दिन सरकारलाई आग्रह गर्दै विवादित भनाइ सच्याउन माग गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला उक्त विरोध प्रदर्शनलाई सरकारविरुद्धको प्रतीकात्मक दबाबका रूपमा हेरिएको छ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend