Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ


२१, जेठ २०८३
  • 121
    SHARES
  • सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले ले मधेस प्रदेशका ३ प्रदेशसभा सदस्यलाई सचेत गराएको छ ।

    बिहीबार बसेको समिति बैठकले सर्लाही जिल्ला क्षेत्र नम्बर २ का तीन जना प्रदेश सभा सदस्यहरूलाई समितिले सजगताका साथ पार्टीको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको हो ।

     निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले आफूमाथिको आरोप निराधार रहेको भन्दै स्पष्टीकरण बुझाएका थिए।

    उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो भए पनि समितिले आगामी दिनमा कुनै गुनासो नआउने गरी पार्टीको विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी निर्वाह गर्न उनीहरूलाई निर्देशन दिएको छ।

    बाराका उपसभापतिलाई सफाइ

    बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतले भने अनुशासन उल्लङ्घनको आरोपबाट सफाइ पाएका छन् ।

    उनले बुझाएको स्पष्टीकरण सन्तोषजनक रहेको र मिसिल संलग्न कागजात अध्ययन गर्दा थप कारबाही गर्नुपर्ने अवस्था नदेखिएको भन्दै समितिले उनलाई सफाइ दिने निर्णय गरेको हो।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समिति बैठकले पार्टीको आधिकारिक उम्मेदवारलाई अन्तरघात गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ ।

    संयोजक तारामान गुरुङको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend