Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा रुपन्देहीको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते मणिग्राममा हुने


२२, जेठ २०८३
  • 126
    SHARES
  • रास्वपा रुपन्देहीको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते मणिग्राममा हुने

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते आइतबार मणिग्राममा आयोजना हुने भएको छ। पार्टीले अधिवेशनमार्फत संगठनात्मक सुदृढीकरण, नयाँ नेतृत्व चयन तथा जनकेन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

    जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माको नेतृत्वमा भइरहेको तयारी अनुसार अधिवेशनले जिल्लाभर संगठन विस्तार र सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णयहरू गर्नेछ। अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य सुनिल लम्सालले गर्ने कार्यक्रम तय भएको छ।

    अधिवेशनबाट जिल्ला समितिको नयाँ नेतृत्व चयन गरिनुका साथै निर्वाचन क्षेत्रगत संरचनाहरूलाई थप व्यवस्थित बनाउन क्षेत्रीय समितिहरूको पुनर्गठन प्रक्रिया पनि अघि बढाइनेछ। पार्टीका अनुसार रुपन्देहीका सबै पालिकामा संगठन विस्तार भइसकेको छ भने करिब ८५ प्रतिशत वडामा अधिवेशन सम्पन्न भइसकेका छन्। बाँकी वडाहरूमा तदर्थ समिति गठन गरेर संगठनलाई सक्रिय बनाइएको छ।

    यस संगठनात्मक विस्तारलाई रास्वपाले रुपन्देहीलाई आफ्नो बलियो आधार क्षेत्रका रूपमा स्थापित गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। जिल्ला सभापति डा. शर्माले पार्टीले भाषणभन्दा कामलाई प्राथमिकता दिने संस्कार विकास गरेको उल्लेख गर्दै नागरिकमुखी गतिविधिमार्फत जनविश्वास हासिल गर्न सफल भएको दाबी गरे। “हामी शब्दमा होइन, काममा विश्वास गर्छौं। जनताप्रति उत्तरदायी र परिणाममुखी राजनीति नै हाम्रो प्राथमिकता हो,” उनले भने।

    गत आम निर्वाचनमा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उल्लेखनीय मत प्राप्त गर्नुका साथै समानुपातिकतर्फ पाँच सांसद निर्वाचित गराउन सफल भएको तथ्यले पार्टी कार्यकर्ता र समर्थकमाझ उत्साह थपिएको रास्वपाको भनाइ छ।

    रास्वपाले जेठ महिनाभित्र वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गर्ने राष्ट्रिय कार्यतालिका अनुसार देशभर संगठन निर्माण अभियानलाई तीव्रता दिएको छ। रुपन्देहीमा पनि अधिवेशनलाई संगठन सुदृढीकरण, नीति निर्माण र आगामी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

    अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले संगठनलाई अझ प्रभावकारी बनाउँदै विकास, सुशासन, सामाजिक न्याय र जनहितका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ। साथै स्थानीय नेता, कार्यकर्ता तथा पालिका प्रतिनिधिहरूको व्यापक सहभागितामा पार्टीको आगामी कार्यदिशा, नीति तथा कार्यक्रम र सामाजिक सञ्जाल विस्तारसम्बन्धी योजनाहरू समेत पारित गरिने जनाइएको छ।

    पार्टीभित्र डा. बुद्धिप्रसाद शर्माप्रति देखिएको विश्वास र समर्थनले संगठनलाई थप एकताबद्ध तथा सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। रास्वपाले प्रथम जिल्ला अधिवेशनलाई रुपन्देहीमा आफ्नो संगठनात्मक यात्राको नयाँ चरणका रूपमा लिएको जनाएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend