Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाको देशव्यापी जिल्ला अधिवेशन आजदेखि, दुई दिनमा ६६ जिल्लामा नेतृत्व चयन


२३, जेठ २०८३
  • 96
    SHARES
  • रास्वपाको देशव्यापी जिल्ला अधिवेशन आजदेखि, दुई दिनमा ६६ जिल्लामा नेतृत्व चयन

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक नीति अनुरूप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम आज र भोलि देशभर जिल्ला अधिवेशन हुँदै छन् । 

    आज देशका विभिन्न ३६ जिल्लामा अधिवेशन हुन गइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

    कोशी प्रदेशका ८ जिल्लाहरू झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेशका २ जिल्ला महोत्तरी र रौतहट, बागमती प्रदेशका ८ जिल्ला दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे सिन्धुपाल्चोक र सिन्धुली, गण्डकी प्रदेशका ५ जिल्लाहरू स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा आज अधिवेशन हुने भएको छ ।

    त्यस्तै लुम्बिनी प्रदेशका ८ जिल्ला गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका २ जिल्ला कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका ३ जिल्ला बैतडी, बझाङ र दार्चुलामा पनि आजै अधिवेशन हुनेछ । 

    भोलि कोशी प्रदेशका ४ जिल्ला उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम, मधेश प्रदेशका ४ जिल्ला सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशका २ जिल्ला चितवन र ललितपुर, गण्डकी प्रदेशका ४ जिल्ला तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका ३ जिल्ला अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका ६ जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला, सुदूरपश्चिम प्रदेशका ६ जिल्ला अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने भएको छ । संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेठ २६ गते हुँदैछ। 

    प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने पार्टीको तयारी  छ । योसँगै पार्टीको मुख्य सङ्गठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी ११ जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात् क्रमशः गर्नेछ ।

    जेठ २६ गते देखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको छ। जेठ २६ गते पहिलो प्रदेश अधिवेशनको रुपमा बाग्मती प्रदेशबाट सुरु हुने बुर्लाकोटीले जानकारी दिए । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend