Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता : विभिन्न तीन वटा निर्णय


२४, जेठ २०८३
  • 150
    SHARES
  • परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता : विभिन्न तीन वटा निर्णय

    काठमाण्डौ - परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ । 

    वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ । दुवै देशका मन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    साथै विभिन्न तीन वटा निर्णय पनि भएको छ । नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेश्नल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाबीच भएको समझदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो । यसले भविष्यमा नेपाल र भारतबीच डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ । 

    त्यस्तै भूकम्पलगत्तै भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका ७२ वटा स्वास्थ्य क्षेत्रका तथा १२ वटा सांस्कृतिक क्षेत्रका गरी कुल ८४ पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ । अर्को काठमाण्डौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिणी डिभिजन’ बीच समझदारी पत्र आदानप्रदान गरिएको छ । यो सहकार्य ‘भ्वाइस फर्स्ट’ भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो । यसले नेपाली भाषासहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    भेटमा विदेशमन्त्री जय शङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याउनुभयो । परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको थियो । परराष्ट्रमन्त्री खनाल आज काठमाण्डौ फर्किने कार्यक्रम छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend