Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डिजिटल शिक्षामा ऐतिहासिक पहल : जानकी गाउँपालिकाका शिक्षकद्वारा एआई प्रयोगसम्बन्धी १६ बुँदे प्रतिबद्धता जारी


३०, जेठ २०८३
  • 95
    SHARES
  • डिजिटल शिक्षामा ऐतिहासिक पहल : जानकी गाउँपालिकाका शिक्षकद्वारा एआई प्रयोगसम्बन्धी १६ बुँदे प्रतिबद्धता जारी

    नेपालगञ्ज । नेपालको विद्यालय शिक्षा प्रणालीलाई प्रविधिमैत्री, सुरक्षित र भविष्यउन्मुख बनाउने उद्देश्यसहित बाँकेको जानकी गाउँपालिका का शिक्षकहरूले शिक्षण-सिकाइमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence - AI) को प्रयोगसम्बन्धी १६ बुँदे ऐतिहासिक प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शिक्षा क्षेत्रमा एआईको जिम्मेवार, नैतिक र प्रभावकारी प्रयोग सुनिश्चित गर्न जारी गरिएको यो कदमलाई नेपालकै विद्यालय शिक्षामा एउटा नयाँ र अनुकरणीय सुरुआतका रूपमा हेरिएको छ ।

    यो प्रतिबद्धतापत्र मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) बाँकेको आयोजना तथा जानकी गाउँपालिकाको आर्थिक सहयोगमा नेपालगञ्ज मा सञ्चालन गरिएको तीन दिने ‘एआई सम्बन्धी आधारभूत तालिम’ को समापनसँगै सार्वजनिक गरिएको हो । जेठ २७ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त तालिममा गाउँपालिकाभित्रका ४५ जना प्रधानाध्यापक, शिक्षक तथा शिक्षिकाहरू सहभागी भएका थिए ।

    शिक्षकहरूले एआईलाई शिक्षण सुधारको प्रभावकारी माध्यम बनाउँदै प्रविधिको सम्भावित दुरुपयोग रोक्ने प्रतिबद्धतासहित विभिन्न विषयमा सहमति जनाएका छन् । प्रमुख बुँदाहरू यस प्रकार छन्-
    * तथ्य प्रमाणीकरण - एआईबाट प्राप्त सामग्रीलाई जस्ताको तस्तै प्रयोग नगरी अनिवार्य रूपमा तथ्य परीक्षण (Fact Check) गरेर मात्र प्रयोग गर्ने ।
    * अन्तिम जिम्मेवारी - शिक्षण प्रक्रिया, सिकाइ उपलब्धि र विद्यार्थी मूल्याङ्कनको अन्तिम जिम्मेवारी शिक्षक स्वयंले नै वहन गर्ने ।
    * एआई साक्षरता विस्तार - विद्यार्थीहरूमा एआईसम्बन्धी ज्ञान, आलोचनात्मक सोच (Critical Thinking) र सिर्जनशील क्षमताको विकास गर्ने ।
    * डिजिटल गोपनीयता र नैतिकता - डेटा सुरक्षा, प्रतिलिपि अधिकार (Copyright), गोपनीयता र शैक्षिक इमानदारीलाई पूर्ण रूपमा सुनिश्चित गर्ने ।
    * पारदर्शिता कायम गर्ने - शिक्षण सामग्री निर्माण वा मूल्याङ्कनमा एआई प्रयोग गरिएको भए त्यसबारे स्पष्ट जानकारी दिने ।
    * सहयोगी उपकरणको रूपमा प्रयोग - एआईलाई शिक्षकको विकल्प नभई शिक्षण सहयोगी साधनका रूपमा मात्र प्रयोग गर्ने ।
    * विद्यालयस्तरीय नीति निर्माण - एआई प्रयोगसम्बन्धी नीति, आचारसंहिता तथा कार्यविधि निर्माणमा विद्यालय तहबाटै पहल गर्ने ।
    * निरन्तर सिकाइको संस्कृति - प्रविधिको तीव्र विकाससँगै शिक्षक स्वयंलाई निरन्तर अद्यावधिक गर्दै आजीवन सिकाइलाई आत्मसात गर्ने ।

    तीन दिने प्रयोगात्मक तालिममा पत्रकार, अध्यापक तथा एआई अध्येता जीवन भण्डारीले मुख्य सहजीकरण गर्दै शिक्षकहरूलाई दैनिक शैक्षिक कार्यमा उपयोगी हुने १० भन्दा बढी एआई टुल्सको प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।

    तालिममा विशेष रूपमा निम्न विषयहरू समेटिएका थिए-
    पाठ योजना (Lesson Plan) निर्माण
    प्रस्तुतीकरण (Presentation) तयार गर्ने तरिका
    प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कन
    डिजिटल अध्ययन सामग्री विकास
    एआईको सही प्रयोग, नैतिकता र सम्भावित चुनौतीहरू
    तालिमको प्रारम्भिक चरणमा पत्रकार डक्ट प्रसाद धिताल ले एआईको अवधारणा, आधारभूत संरचना र प्रयोगका सम्भावनाबारे प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा छब्बन खाँ ले प्रविधिको युगमा शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन एआई अपरिहार्य बन्दै गएको बताउँदै भन्नुभयो-
    “कृत्रिम बुद्धिमत्ता आधुनिक शिक्षाको महत्वपूर्ण उपकरण हो । यसको सही, सुरक्षित र सिर्जनात्मक प्रयोग हुनुपर्छ। आगामी दिनमा पनि पालिकाले यस्ता प्रविधिमैत्री कार्यक्रमलाई निरन्तरता दिनेछ ।” गाउँपालिकाका प्रवक्ता टिकानाथ यादव ले आफू स्वयं तालिममा सहभागी भएर नयाँ ज्ञान हासिल गरेको उल्लेख गर्दै विद्यालयस्तरमा एआईको सकारात्मक प्रयोग विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

    त्यस्तै प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी तथा शिक्षा शाखा प्रमुख झुमी कुमारी वली ले एआई अब आधुनिक शिक्षाको आवश्यकता मात्र नभई अनिवार्य उपकरण बनिसकेको धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रम आयोजक संस्था हुरीपप बाँके का अध्यक्ष आलम खान ले भन्नुभयो- “यो तालिम र प्रमाणपत्र केवल कागजी दस्तावेज होइन । यसले विद्यालय, शिक्षक र समुदायमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी बोकेको छ ।” “नसिक्दासम्म अर्कै संसारमा थियौँ” तालिममा सहभागी शिक्षक-शिक्षिकाहरूले सिकाइ अत्यन्त व्यवहारिक, समयसापेक्ष र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन् ।

    सहभागी शिक्षिका विमला रावत ले अनुभव सुनाउँदै भन्नुभयो- “नसिक्दासम्म हामी अर्कै संसारमा थियौँ । सिकेपछि अहिले अर्कै संसारमा पुगेको अनुभूति भएको छ । एआईले शिक्षण पद्धतिलाई धेरै प्रभावकारी बनाउने विश्वास छ ।”
    अर्का सहभागी शिक्षक उमेश सोनखर ले तालिमबाट प्राप्त ज्ञानले कक्षाकोठामा नवीन प्रविधि प्रयोग गर्न थप प्रेरणा दिएको बताउनुभयो ।

    प्रविधिको तीव्र विकास भइरहेका बेला जानकी गाउँपालिकाका शिक्षकहरूले चालेको यो ऐतिहासिक कदमले नेपालको शिक्षा प्रणालीलाई डिजिटल युगअनुकूल, नैतिक, जिम्मेवार र नवप्रवर्तनमुखी बनाउने दिशामा महत्वपूर्ण कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend