Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने


३१, जेठ २०८३
  • 89
    SHARES
  • रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ।

    मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएको थियो। तर कसैले पनि आवश्यक बहुमत हासिल गर्न नसकेकाले सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबिच दोस्रो चरणको मतदान गरिने भएको हो।

    निर्वाचन परिणामअनुसार, सालिकराम घिमिरे (रुपन्देही) १९९ मत, गोपाल घिमिरे (अर्घाखाँची) ८७ मत, गणेश पौडेल (रुपन्देही) ८४ मत, डा राजकुमार सुवेदी (बाँके) ८० मत, मञ्जु भुसाल (रुपन्देही) ७१ मत र मधुप्रसाद अर्याल (रुपन्देही)ले १९ मत प्राप्त गरेका छन्। 

    निर्वाचन अधिकृत सापकोटाले धेरै मत प्राप्त गरेका सालिकराम घिमिरे र गोपाल घिमिरेबिच दोस्रो चरणको प्रतिस्पर्धा हुने जानकारी दिए।

    दाङको घोराहीमा जारी अधिवेशन अन्तर्गत शनिबार साँझ सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो। अब दोस्रो  चरणको मतदानबाट सूचना प्रकाशित गरेको उल्लेख्य गर्दै ती दुई जना मध्ये सहमति नभएमा सभापति मा १० बजेपछि मतदान गर्ने सूचना प्रकाशित गरेको बताए ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend