Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन, हिमाली तथा पहाडी भेगमा वर्षा


१, असार २०८३
  • 81
    SHARES
  • लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन, हिमाली तथा पहाडी भेगमा वर्षा

    काठमाण्डौ — आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरुको अनुमान छ । पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढेको हो ।

    आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेश प्रदेशका एक–दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ ।

    आज राति कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ ।

    देशका पहाडी भू–भाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend