Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लैङ्गिक हिंसाका घटनामा वृद्धि


१८, साउन २०८०
  • 181
    SHARES
  • लैङ्गिक हिंसाका घटनामा वृद्धि

    बागलुङ । बागलुङमा लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ । 

    धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले हिंसाका घटना बढेको जनाएको हो । बितेका पाँच वर्षमा लैङ्गिक हिंसामा घटनामा क्रमशः वृद्धि भएको केन्द्रको तथ्याङ्कले देखाएको हो । 

    आर्थिक वर्ष २०७५÷७६ मा एक सय ३६ जना लैङ्गिक हिंसापीडित केन्द्रको सम्पर्कमा आएका थिए । त्यसपछिका दुई वर्ष समान ८७ जना मात्रै सम्पर्कमा आएकामा आव २०७८÷८९ मा त्यो सङ्ख्या वृद्धि भएर ९१ पुगेको थियो । आव २०७९÷८० मा एक सय २२ जना लैगिक हिंसाबाट पीडित भएका छन् । 

    केन्द्रको तथ्याङ्कअनुसार हिंसामा पर्नेमा महिलाको सङ्ख्या धेरै छ । त्योमध्ये सबैभन्दा धेरै मानसिक यातनाका घटना छन् । अघिल्लो आवमा मात्रै मानसिक यातनाका ४० घटना भएका छन् भने घरेलु हिंसाका ३२ घटना भएका छन् । जबर्जस्ती बलात्कारका २८, करणी उद्योगका १२ र शारीरिक हिंसाका १० घटनाका केन्द्रको सम्पर्कमा आएको केन्द्रका स्रोत व्यक्ति देवी भट्टराईले बताउनुभयो । 

    प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्तर्गत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रमले हिंसामा परेका महिला र पुरुष दुवैलाई उपचार, सहायता तथा सहयोग एवं कानुनी उपचारमा सहयोग गर्छ । हिंसाबाट पीडितका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलब्ध गराउने गरेको भट्टराईले जानकारी दिनुभयो ।

    अस्पतालले केन्द्रमा आउने पीडितका लागि परामर्श, उपचार र पुनस्थापनका लागि आवश्यक संरचना विस्तार गरेको छ । यसअघि संरचना अभाव व्यहोरीरहेको केन्द्रले उपचारका लागि शय्याको व्यवस्था, परामर्शका लागि उपयुक्त स्थानको व्यवस्था र कार्यालय व्यवस्थापन गरेको हो । धौलागिरि अस्पतालले नै केन्द्रका सबै क्रियाकलाप सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराएको हो । 

    “हामी सबै सेवा दिन्छौँ, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसापीडित अझै पनि लुकेर बस्नुभएको छ”, भट्टराईले भन्नुभयोे, “पहिलेको तुलनामा अहिले केही सङ्ख्या बढेको छ, अझै धेरै ठाउँमा पुग्न बाँकी छ, पीडित आउन बाँकी छ ।”

    बागलुङमा यो सेवा सुरु भएको पहिलो वर्ष २०६८ सालमा १७ जना हिंसापीडित सङ्कट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये तीन पुरुष थिए । अघिल्लो आर्थिक वर्षमा सेवा लिनेमा बागलुङ नगरपालिकाका ५३, जैमिनी नगरपालिकाका १२, गलकोट नगरपालिकाका नौ, ढोरपाटन नगरपालिकाका चार, काठेखोला गाउँपालिकाका १३, बडिगाड गाउँपालिकाका दुई, ताराखोला गाउँपालिकाका एक, निसीखोला गाउँपालिकाका चार र छिमेकी जिल्ला म्याग्दीका तीन जना, पर्वतका १४ तथा अन्य सात जना हिंसापीडित रहेको तथ्याङ्क छ । 

    केन्द्रमा स्वास्थ्य संस्था, आमासमूह, प्रहरी, नातेदार र सिधा सम्पर्क गरेर पीडित पुग्ने गरेको केन्द्र प्रमुख भट्टराईले बताउनुभयो । उहाँका अनुसार घरेलु हिंसामा परेका उपचारपछि पनि दोहो¥याएर केन्द्रमा सहायताका लागि आउने गरेका छन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend